रामभक्तहरूलाई लिएर बंगालबाट तीनवटा आस्था स्पेशल ट्रेन अयोध्या धाम प्रस्थान

Special-Aastha-Trains-List-860x688.jpg

हावड़ा: गए सोमवार पश्चिम बंगालबाट राम भक्तहरूलाई लिएर अयोध्या धाम तर्फ तीनवटा आस्था स्पेशल ट्रेन प्रस्थान भयो। यीमध्ये दुईवटा ट्रेन हावड़ाबाट र एउटा उत्तर बंगालदेखि अयोध्या तर्फ प्रस्थान भएका छन्।

रामललाको दर्शन गराउनका लागि हावड़ा स्टेशनदेखि २७८८ रामभक्तहरूलाई लिएर सोमवार साँझ दुईवटा आस्था स्पेशल ट्रेन अयोध्यातिर अघि बढ़िसकेका छन्। यस अवधि सम्पूर्ण स्टेशन परिसर जय श्री रामको नाराले गुञ्जियो। एउटा ट्रेन हावड़ा स्टेशनको न्यू कम्प्लेक्स प्लेटफर्म नम्बर २२ बाट प्रस्थान भयो भने दोस्रो प्लेटफर्म नम्बर ८ बाट प्रस्थान भयो। यस अवधि रेलवेको पक्षबाट सुरक्षाको पुख्ता प्रबन्ध गरिएको थियो। रेल पुलिसका जवानहरू ठूलो संख्यामा प्लेटफर्ममा उपस्थित थिए।

यस अवसरमा हावड़ा स्टेशनको न्यू कम्प्लेक्सको प्लेटफार्म संख्या २२ मा एक भव्य कार्यक्रमको आयोजन गरिएको थियो। आईआरसीटीसीको पक्षबाट रामभक्तहरूली आश्वस्त पारियो, यात्रा अवधि उनीहरूलाई हरेक किसिमको सहयोग गरिनेछ अनि कुनै पनि रामभक्तलाई कुनै पनि प्रकारको असुविधा हुनेछैन।

विश्व हिन्दू परिषदका केन्द्रीय सहमन्त्री स्वपन कुमार मुखर्जीले बताए, संघ परिवारसित जोड़िएका यी रामभक्तहरू ६ र ७ फरवरीमा अयोध्यामा बस्नेछन्, त्यसपछि ८ फरवरीमा यसै ट्रेन मार्फत फर्किनेछन्। मुखर्जीले बताए, उत्तर बंगालबाट सोमवार एउटा आस्था स्पेशल ट्रेन अयोध्या तर्फ प्रस्थान भएको छ। लगभग साढ़े तीन हजार श्रद्धालुहरू उक्त ट्रेनको माध्यमबाट रामललाको दर्शन गर्न हिँड़ेका छन्। उनले भने, सबै श्रद्धालुहरूले आफ्नो खर्च आफै वहन गरेका छन्। यस यात्राको व्यवस्थाको लागि रामभक्तहरूको पक्षबाट मुखर्जीले भारतीय रेल अनि आईआरसीटीसीलाई धन्यवाद दिए।

ट्रेनमा सवार पोर्ट ब्लेयरका कार्यकर्ता शंकरले बताए, २३ वर्षअघि २५ जना कारसेवकहरूको समूहमा उनी जलमार्ग भएर पोर्ट ब्लेयरदेखि हावड़ा आएका थिए र यहीँबाट ट्रेनमा अयोध्या गएका थिए। यो उनको परम सौभाग्य हो कि २३ वर्षपछि उनलाई फेरि प्रभुको नगरीमा जाने अवसर प्राप्त भएको छ। उनले बताए, विवादित ढाँचालाई विध्वंश गरेको दिन लाखौं मानिसहरूको भीड़ थियो। ढाँचालाई भत्काइएपछि अण्डमानका कारसेवकहरूले मोर्चा सम्हालेका थिए अनि सफाईको जिम्मेवारी सही ढंगमा निर्वहन गरेका थिए। रामललाको दर्शनलाई लिएर सबै रामभक्तहरूमा ठूलो उत्साह देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement