ताजमहल सर्वाधिक देखिएको हो, अनि यस्तो अद्भूत सुन्दर कारिगरीको नमूना बनाउने आइडिया शाहजहाँले कसरी सोचे होलान् भन्ने खुल्दुली सबैको मनमा उप्जिने गर्छl अहिले चर्चा हुन थालेको छ, के शाहजहाँले यस्तो नमून कहीं देखेका थिए? जसले गर्दा उनले यो सातौं आश्चर्य बनाए। नीलो तालहरूको शहर उदयपुर लेक सिटी यति सुन्दर छ, जो कोही पनि पागल बन्छन् र सम्राट शाहजहाँसँग पनि यस्तै भएको थियो भन्ने भनाइ छ। सो भनाइअनुसार, मेवाडमा शरण लिन जाँदा उदयपुरको जग मन्दिरको सौन्दर्य देखेर उनी चकित परे र अनि यस्तो देखेपछि ताजमहल बनाइदिए। जग मन्दिर दरबार पिचोला तालको बीचमा बनेको छ, यो मन्दिर दरबार उदयपुर शहरको पिचोला तालको बीचमा रहेको एउटा टापुमा बनेको छ, यो दरबार महाराणा जगत द्वितीयले १७४७ मा बनाएका थिए। पोखरी बीचमा भएकाले चारैतिर पानी छ, जसको सौन्दर्य झनै खुलेको छ। यो तीन तले दरबार पहेंलो बलौटे ढुङ्गा र संगमरमरले बनेको छ, जुन निकै भव्य छ। जग मन्दिर दरबारमा पनि केही अचम्मको नक्काशीहरू छन्, जस्तै हात्तीहरूको पंक्ति जुन दरबारका रक्षकहरू जस्तै देखिन्छन्।

१७औं शताब्दीको प्रारम्भमा निर्मित, जग मन्दिर दरबारलाई महाराजा करण सिंहले राजकुमार खुर्रमको लुक्ने ठाउँको रूपमा निर्माण गरेका थिए, जसलाई शाहजहाँ भनेर चिनिन्छ। सन् १६२०-२८ को बीचमा, महाराजा करण सिंहले यस ठाउँमा शासन गरे र यस अवधिमा राजकुमार खुर्रमले आफ्नो बाबुविरुद्ध विद्रोह शुरु गरे। शाहजजहाँले यस अवधिमा यहाँ रहँदा ताजमहल निर्माण गर्न प्रेरित भएको भन्ने भनाइ छ, यो कतिको सत्य हो किटान गरेर भनेका छैनन्। तरै पनि अहिले यस्तै चर्चा छl उदयपुरको सिटी प्यालेसको छेउमा बन्सीघाटबाट डुङ्गा चढेर जग मन्दिर पुग्न सकिन्छ। यहाँ पर्यटकहरूले दरबार हेर्न र राती खाना खान पनि सक्छन्। बेलुकाको खाना अग्रिम बुक गर्नु राम्रो हुन्छ। यस टापुको लागि टिकटहरू उदयपुर सिटी प्यालेसको गेटबाट मात्र किन्न सकिन्छ। दरबार प्रवेश टिकट व्यक्तिगत डुङ्गाका लागि प्रति वयस्क रु० १७५ देखि रु० ५०० र सामान्य डुङ्गाको लागि प्रति बच्चा रु० १५०, प्रति वयस्क रु० ७०० र सूर्यास्त डुङ्गाको लागि प्रति बच्चा रु० ३०० शुल्क लाग्नेछ।