रोमाञ्चक जीतको साथ लिम्बु बस्ती युनाइटेड एफसी क्वार्टर फाइनलमा

२९ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा लिम्बु बस्ती युनाइटेडले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा शुक्रवार भएको म्याचमा लिम्बु बस्ती युनाइटेड एफसीले खिताबको प्रबल दावेदार दार्जीलिङ पुलिसलाई टाईब्रेकरमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका लरेन्सलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement