धुबड़ी: वन विभागले धुबड़ी जिल्लाको बहलपुर क्षेत्रीय वन प्रभाग अन्तर्गत कुर्शाकाटीको बालाजानीमा एक गोप्य अभियान चलायो। अभियानको क्रममा मोबाइल काठ मिलसितै भारी मात्रामा काठ जफत गर्न वन विभाग सफल भयो। वन विभागको सूत्रले आज बताएको छ, केही अपराधीहरूले विगत लामो समयदेखिकै अवैध रूपमा काठ मिल सञ्चालन गरिरहेको गुप्त सूचना प्राप्त भएको थियो। सोही आधारमा बँगाईगाउँ जिल्लाको वन विभागको एक दलले बहलपुर वन विभागसित मिलेर बालाजानीमा संयुक्त छापामारी अभियान चलायो।
घटनास्थलबाट एक अवैध मोबाइल काठ मिलसितै भारी मात्रामा काठ जफत गरियो। जफत गरिएको काठको मूल्य लगभग डेढ़ लाख रुपियाँ रहेको बताइएको छ। यद्यपि घटनास्थलबाट कसैलाई पनि पक्राउ गरिएको छ। यस सम्बन्धमा वन विभागले जाँच गरिरहेको छ।