मिचेल मार्शको कप्तानीमा अष्ट्रेलियाई टी२० टीमको घोषणा

IMG-20240206-WA0147.jpg

सिडनी: न्यूजील्याण्ड विरुद्ध आउँदो टी२० इण्टरनेशनल क्रिकेट सीरीजको निम्ति अष्ट्रेलियाले आफ्नो टीमको घोषणा गऱ्यो। यस सीरीजको निम्ति दिग्गज अलराउण्डर मिचेल मार्शलाई टीमको कप्तान नियुक्त गरिएको छ। यस साल हुने टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर अष्ट्रेलियाई टीममा प्याट कमिन्स, मिचेल स्टार्क र स्टीव स्मिथ जस्ता दिग्गजहरूलाई स्थान दिइएको छ। जूनमा हुने आईसीसी टी२० वर्ल्ड कप अघि अष्ट्रेलियाको यो अन्तिम टी२०आई सीरीज हुनेछ। त्यसपछि खेलाड़ीहरू आईपीएलमा हिस्सा लिन भारत आउनेछन्। आईपीएल समाप्त भएपछि टीमहरूले टी२० वर्ल्ड कपको अन्तिम तयारी शुरु गर्नेछ। स्मिथलाई वेष्ट इण्डिज विरुद्ध घरेलु टी२० सीरीजमा आराम दिइएको थियो। यसरी कमिन्स र स्टार्कले आफ्नो अन्तिम टी२०आई म्याच साल २०२२-मा खेलेका थिए। टी२० वर्ल्ड कप नजिकै रहेको हुनाले यी सबैलाई टीममा सामेल गरिएको छ।
यसरी वेष्ट इण्डिज विरुद्ध टी२० सीरीजबाट आफ्नो नाम फिर्ता लिने म्याथ्यू शर्टलाई न्यूजील्याण्ड जाने टीममा सामेल गरिएको छ जबकि वनडे र टेस्ट प्रारूपबाट सन्न्यास लिइसकेका डेविड वार्नर पनि टीममा रहेका छन्। यसबाहेक न्याथन एलिस, जोश ईंग्लिश र मार्कस स्टोइनिसलाई पनि टीममा स्थान दिइएको छ। टीममा ग्लेन म्याक्सवेल र टिम डेविड जस्ता विध्वंशी ब्याटर पनि रहेका छन्।
अष्ट्रेलियाई टी२० टीमः
मिचेल मार्श (कप्तान), प्याट कमिन्स, टिम डेविड, न्याथन एलिस, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, ग्लेन म्याक्सवेल, म्याथ्यू शर्ट, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर र एडम जाम्पा।

About Author

Advertisement