लिभरपूलको नजिक पुग्यो म्यानचेष्टर सिटी

IMG-20240206-WA0139.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले अझ एउटा जीतको साथ शीर्षमा रहने लिभरपूलमाथि दबाउ सृष्टि गऱ्यो। सोमवार राति खेलिएको म्याचमा सिटीले ब्रेण्टफोर्डलाई ३-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीले शुरुमै गोल खाए पनि असाधारण पुनरागमनको साथ सजिलै म्याच जित्यो। ब्रेण्टफोर्डको टीमलाई नील माउपेले २१औं मिनटमै बढ़त दिलाए पनि सिटीले मध्यान्तर अघि नै स्कोर बराबरीमा पुऱ्यायो। विंगर फिल फोडेनले मध्यान्तर अघि स्टपेज टाइमको तेस्रो मिनटमा सिटीलाई पहिलो गोल दिलाए। त्यसपछि उनले ५३औं र ७०औं मिनटमा अझ दुईवटा गोलको साथ आफ्नो ह्याट्रिक पूरा गर्नको साथै सिटीलाई सजिलै जीत दिलाए। यस जीतपछि म्यानचेष्टर सिटीले गोल अन्तरले आधारमा आर्सनललाई पछि छोड़ेर प्रीमियर लीग पोइण्ट्स टेबलमा दोस्रो स्थान हासिल गऱ्यो। सिटी र आर्सनलसँग अहिले ४९-४९ पोइण्ट्स रहेको छ तर सिटीले आर्सनलको २४ वटा म्याचको तुलनामा एउटा म्याच कम्ती खेलेको छ। यसरी लिभरपूल २३ वटा म्याचमा ५१ पोइण्ट्सको साथ शीर्षमा रहेको छ तर आउँदो केही म्याचभित्र नै शीर्ष स्थानमा हेरफेर हुने प्रबल सम्भावना रहेको छ। यसबीच ब्रेण्टफोर्ड चाहिँ २२ वटा म्याचमा २२ पोइण्ट्सको साथ १५औं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *