निराशाजनक हारपछि ईंग्ल्याण्डको टीम अबुधाबी फर्किने

IMG-20240206-WA0110.jpg

विशाखापट्टनम: भारत यात्रामा आउने ईंग्ल्याण्डको टीम सीरीजको बीचमा आफ्नो अभ्यास स्थल अबुधाबी फर्किनेछ अनि राजकोटमा १५ फरवरीदेखि शुरु हुने तेस्रो टेस्ट अघि भारत फर्किनेछ। यस जरूरी ब्रेकको अवधि ईंग्ल्याण्डको टीमले गोल्फ पनि खेल्नेछ। हैदराबादमा टेस्ट सीरीजको पहिलो म्याच २८ रनले जिते पनि ईंग्ल्याण्डले सोमवार समाप्त भएको दोस्रो टेस्टमा १०६ रनले हारको सामना गर्नु पऱ्यो। अहिले भ्रमणकारी टीमसँग दोस्रो र तेस्रो टेस्टबीच १० दिनको समय रहेको हुनाले टीम म्यानेजमेण्टले ब्रेकको समय उपयोग गर्न अबुधाबी जाने फसेला गरेको छ। भारत र ईंग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीज अहिले १-१-को बराबरीमा रहेको छ।
ईंग्ल्याण्डले अभ्यास म्याचहरूका निम्ति चाँड़ै भारत आउनको सट्टा अबुधाबीमा एउटा व्यापक अनुकूलन शिविरको साथ यस बहुप्रतीक्षित टेस्ट सीरीजको निम्ति तयारी गरेको थियो। टेस्ट सीरीज अघि अबुधाबीमा भएको शिविरमा ईंग्ल्याण्डको टीमले भारतीय स्पिनरहरूलाई सम्हाल्ने तरिकामाथि काम गर्न निक्कै समय बिताएको थियो। भारत आएपछि ईंग्ल्याण्डले पहिलो टेस्टमा २८ रनले रोमाञ्चक जीत हासिल गरे पनि दोस्रो टेस्टमा हारको सामना गर्नु पऱ्यो। विशेषगरी दोस्रो टेस्टमा ईंग्ल्याण्डका ब्याटरहरूलाई भारतीय स्पिनरहरूले भन्दा पनि पेस बलर बुमराहले सताए, जसले म्याचमा ९ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement