खरसाङ: पंखाबारी युथ स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा सुकना मोहोरगाउँको टीमले अघिल्लो राउण्डमा स्थान बनायो। पंखाबारी स्कूल खेल मैदानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत सोमवार खेलिएको म्याचमा सुकना मोहोरगाउँले आयोजक पंखाबारी युथ स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिलले ह्याट्रिक गरे। यसरी आयोजक टीमबाट एकमात्र गोल जिन्लोप तामाङले गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









