एकमात्र टेस्टमा श्रीलंकाको एकतर्फी जीत

IMG-20240205-WA0198.jpg

कोलम्बो, ५ फरवरीः इब्राहिम जादरानको लड़ाकू शतकले पनि अफगानिस्तानलाई हारबाट बचाउन सकेन। देब्रे हातका स्पिनर प्रबाध जयसूर्या (पहिलो ईनिंग्समा ३ अनि दोस्रोमा ५ विकेट) को उत्कृष्ट बलिंगको सहायताले श्रीलंकाले एकमात्र टेस्ट म्याचमा अफगानिस्तानलाई १० विकेटले पराजित गऱ्यो। म्याचको पहिलो ईनिंग्समा केवल १९८ रनमा अलआउट हुने अफगानिस्तानले दोस्रो इनिङ्समा २९६ रन बनाउँदा श्रीलंकालाई ५६ रनको सजिलो लक्ष्य हासिल भयो, जसलाई आयोजक टीमले कुनै विकेट नगुमाइ हासिल गयो। दिमुथ करुणारत्नेले अविजित ३२ र निशान मदुशंकाले अविजित २२ रन बनाए। यसअघि श्रीलंकाले अनुभवी एञ्जेलो म्याथ्यूज (१४१) र दिनेश चाण्डीमल (१०७) को शतकको सहायताले पहिलो ईनिंग्समा ४३९ रन बनाएर २४१ रनको बढ़त हासिल गरेको थियो। म्याचको तेस्रो दिन अफगानिस्तान एक विकेटमा १९९ रन बनाएर मजबूत स्थितिमा रहेको थियो तर आज टोलीले लञ्चसम्म २५२ रनमा ७ विकेट गुमायो। आफ्नो पहिलो टेस्ट शतक बनाउने इब्राहिम जादरान आज ११४ रन बनाएर आउट भए। मध्य र तल्लो क्रममा नासिर जमाल (अविजित ४१) लाई छोड़ेर अफगानिस्तानका कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। साल २०१८ मा अफगानिस्तानले टेस्ट टोलीको दर्जा पाएपछि दुई देशबीच यो पहिलो टेस्ट थियो। प्रबाध जयसूर्यालाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *