प्रदर्शनी म्याचमा मेस्सी नखेल्दा प्रशंसकहरू निराश

IMG-20240205-WA0197.jpg

हंगकंग, ५ फरवरीः हंगकंगमा इण्टर मियामीको एउटा फूटबल म्याचको आयोजकहरूलाई स्टार फूटबलर लियोनल मेस्सी नखेल्दा निराश प्रशंसक र सरकारबाट व्यापक आलोचनाको सामना गर्नु परिरहेको छ। आइतवार बहुचर्चित प्रदर्शनी म्याचको अवधि प्रशंसकहरूले इण्टर मियामीका सह-मालिक डेविड बेकहमको पनि आलोचना गरे अनि टिकटको पैसा फिर्ता गर्ने माग गरे कारण मेस्सी खुट्टाको चोटले गर्दा एउटा स्थानीय टोली विरुद्ध प्रदर्शनी म्याचको अवधि पूरा समय बेञ्चमै बसिरहे। यसबीच आयोजकहरूले बताएअनुसार, म्याचमा मेस्सी नखेल्ने विषयमा उनीहरूलाई मध्यान्तरको अवधि सूचित गरियो। अब उनीहरूले म्याचको आयोजनको निम्ति शहरको सरकारबाट कोषको निम्ति आवेदनलाई फिर्ता लिनेछन्।

म्याचको आयोजक टेटलर एशियाका अध्यक्ष मिशेल लेमुनिअरले सोमवार भने, इण्टर मियामीसँग हाम्रो अनुबन्धमा चोटग्रस्त नरहे मेस्सीसहित टोलीका अन्य स्टार खेलाडीहरूले म्याचमा खेल्नु जरूरी थियो। मेस्सीलाई स्थानापन्न (सब्स्टीट्यूड) खेलाड़ीको रूपमा नामित गरिएको थियो तर क्लब प्रबन्धनले पछिबाट मेस्सी चोटले गर्दा म्याचमा हिस्सा लिन फिट नरहेको जानकारी दियो। मेस्सीको साथमा बार्सिलोनाका पूर्व फरवर्ड लुईस सुआरेजले पनि यस म्याचमा हिस्सा लिएनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *