क्यापको नागरिक जागरण यात्रा गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा पुग्यो

IMG-20240205-WA0206.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी-सिक्किमले गत २ फरवरीको दिनदेखि पश्चिम सिक्किमको योक्सोम टाशीडिङ निर्वाचन क्षेत्रमा पर्ने लाब्दाङबाट शुरू गरेको “नागरिक जागरण यात्रा” आज गेजिङ-बर्मेक क्षेत्रमा आइपुगेको छ।

यस नागरिक जागरण यात्रालाई पार्टीका प्रमुख समन्वयक तथा मुख्यमन्त्री उम्मेदवार गणेश राईले नेतृत्व गर्दै आइरहेका छन् भने हिजो अपराह्नदेखि पार्टीका वरिष्ठ नेता तथा सिक्कमका एक अनुभवी राजनैतिक अभिभावक भरत बस्नेतले पनि साथ दिएका छन्।

यस यात्रामा विशेष गरी गेजिङ जिल्लाका कार्यकारी अध्यक्ष ओङ्दिला भोटिया, अध्यक्ष अधिवक्ता पुजन खड्का, युवा परिषद्की अध्यक्ष श्रीमती तारा गुरुङ, इडु छिरिङ कल्योण पार्टीका प्रवक्ता प्रकाश पराजुली लगायत थुप्रै नेता तथा नेत्रृगण साथै पार्टी कार्यकर्ताले सहभागिता जनाएका छन्। यो यात्राको मूल उद्देश्य राज्यका नागरिकहरुलाई संविधानको मूल्य र मान्यतालाई बुझाउँदै गणतन्त्र भारतको नागरिकले पाउने हक-अधिकार विषय यथा सम्भव सचेतना गराउनु हो।

आजसम्मको राजनीतिले केवल जनतालाई भोट व्याङ्क तथा सत्ता चढने माध्यम मात्र बनाएको हुँदा सिटिजन एक्सन पार्टी-सिक्किमले अब नागरिकले प्रजातन्त्र तथा गणतन्त्रको प्रत्याभूति पाउन युग अनुकूल जागरुक हुनुपर्ने कुरामा जोड दिँदै आएको छ। विषेश गरी सिटिजन एक्सन पार्टी-सिक्किम सत्तामा आएपछि सिक्किमको आर्थिक सुधार, प्रसाशनिक सुधार, राजनैतिक सुधार, शैक्षिक सुधार, भ्रष्टाचार मुक्त राजनैतिक व्यवस्था तथा समाजका विभिन्न तप्कालाई सशक्त बनाउँदै नागरिकलाई असली सरकार दिने प्रतिवद्धता जाहेर गर्दै आएको छ।

अझै तीस बर्षको राजनीतिले सिक्किमलाई केवल विश्वका ठूला व्याङ्कहरुमा धितो राखेर एक मुठी नेताहरुले मोजमस्ती गर्दै आइरहेको तथा सिक्किमको अस्मिता र अस्तित्व माथि पनि एक मुठी षडयन्त्रकारीहरूले हमला गरेको आस्थालाई भरत बस्नेतले यात्रालाई स्वागत गर्न आएका जनतालाई बताए।

यस नागरिक जागरण यात्रालाई गरिमामय, ऐतिहासिक तथा जनावस्यक बनाउन हेतु गणेश राई सोझै अन्तर्क्रिया/ सिधा बातचित गर्दै आफ्ना कुराहरु राख्ने कोशिष गरे। अन्तर्क्रियाका क्रममा विषेश गरी युवा पिडी अब नयाँ राजनीति तथा राजनैतिक पद्दति चहान्छन् भन्ने बुझिएको छ। उनीहरु बलियो आर्थिक बुनियाद चहान्छन्, सड़क व्यवस्था राम्रो चहान्छन्, आफैं कमाउने हुन चाहन्छन्, पर्यटन व्यवसायी बन्न चहान्छन्, यस्तै यस्तै हजारौं आशा अभिलाशा बोकेको तर अवसर नपाएको बताउँने गरेको जानकारी गराइएको छ। यात्राको क्रममा यी हजारौं युवाहरुलाई गणेश राईले राम्रो सरकार दिने विश्वास तथा भरोसा दिएका छन्। राईका यी कुरा तथा सिटिजन एक्सन पार्टी-सिक्किमको आदर्शलाई सम्मान गर्दै करीबन दुइ सय जति परिवारले सुधारको संघर्ष यात्रामा जोडिने साहस गर्दै पार्टीको प्राथमिक सदस्यता ग्रहण गरेको पनि पार्टीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

चौथो दिनको “नागरिक जागरण यात्रा” बिहान मानेबुङ-देन्तामको कुमुकदेखि शुरु भएर गेजिङ-क्योङ्सा, लेक्सेप, बर्थाङ, रुङ्दु, बर्मेक मार्ताम हुँदै तामाबुङमा सभा गर्दै बिश्राम लिएको छ। भोलिको यात्रा रिन्चेबुङ क्षेत्रमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement