टिस्टा बाढ पीडितहरूलाई मुख्यमन्त्रीले प्रदान गरे क्षतिपूर्ति

IMG-20240205-WA0204.jpg

गान्तोक: गत ४ अक्टोबर २०२३ को दिन उत्तर जिल्लाको लोहनर्क झील परिवसरमा बादल फाटेपछि टिस्टा नदीको जलस्तरमा वृद्धि भएको थियो। टिस्टा नदीमा पानी अधिक भएपछि यसले उग्ररूप लिँदा उत्तर जिल्लादेखि पश्चिम बंगालको विभिन्न स्थानमा व्यापक क्षति पुगेको थियो।

उक्त समयमा टिस्टा नदीले प्रभावित बनाएका बाढ पीडितहरूलाई आज राज्यका मुखअयमन्त्री प्रेम सिंह तामाङले चिकिस्ता सहायता साथै राहत सामग्री वितरण गरे।

यस कार्यक्रम गान्तोक जिल्लाको सिङताम उच्चत्तर माध्यमिक विद्यालय अनि पाकिम जिल्लाको एसएमआईटीको प्रेक्षगृहमा आयोजन गरिएको थियो।

यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, मन्त्री कुङ्गा निमा लेप्चा, मन्त्री सोनम लामा, मन्त्री बीएस पन्त लगायत विभिन्न विभागका अधिकारीगण र गणमान्य व्यक्तित्वको उपस्थिति थियो। आज मुख्यमन्त्री तामाङले बाढ पीडितहरुलाई तीन महिनाको घर किराया, भान्सा घरना चाहिने आवश्यक सामग्री लगायत विद्यार्थीहरुलाई मुख्यमन्त्री कोषबाट छात्रावृत्ति पनि प्रदान गरे। यसका साथै केही दिन अघि सिङताम बजारमा आगलगीको कारण ध्वस्त बनेका चार पीढित परिवारलाई ५-५ लाखको आर्थिक सहयोग प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भवितव्य आउन साथै सरकारले पीडितहरुलाई तत्काल सहयोग दिने कार्यको थालनी गरेको उनले बताए। कानून अनसार सरकारबाट प्राप्त गर्ने सुविधाहरूको अतिरिक्त मुख्यमन्त्रीको कोषबाट पनि सहयोग दिएको पनि बताए। आज आफ्नो जन्दिनको अवसरमा आफ्नो सरकारी आवासमा बसेर जन्मदिन नमनाएर आवश्यकतामा परेकाहरुसँग जन्मदिन मनाउन पाएकोमा उनले खुशी व्यक्त गरे। यो कार्यक्रमको अघि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिङताममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको खण्डस्तरीय कार्यालयको पनि उद्घाटन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement