बाँदरको उपद्रो रोकथामलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20240205-WA0205.jpg

गान्तोक: राज्यको वन विभाग र सामुदायिक सदस्यहरूको संयुक्त पहलमा सेन्ट्रल पाण्डाम निर्वाचन क्षेत्र अन्तर्गत पाण्डाम ग्राम पञ्चायत यूनिटमा बाँदरहरूको उपद्रीलाई लिएर व्यवस्थामाथि एक सचेतना कार्यक्रम आयोजना गरियो। उक्त गाउँमा मानव र बाँदरहरू बीचको बढ्दो नकारात्मक अन्तरक्रियालाई सम्बोधन गर्ने उद्देश्यले यस पहलको उद्देश्य सामंजस्यपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने रणनीतिकोरूपमा विभागले लिएको छ। सो कार्यक्रममा बाँदरको व्यवहार सम्बन्धी बहुमूल्य अन्तर्दृष्टि, बाँदरलाई पक्रने तालिम, आधारभूत जानकारी संकलन र सचेतना अभिवृद्धि जानकारी गराइयो।

यस अवसरमा हिमालयन जुलोजिकल पार्कका डीएफओ सिवानी प्रधानले बाँदरको नसबंदी प्रविधिबारे अन्तरदृष्टिपूर्ण प्रस्तुति दिएकी थिइन्। बाँदरहरूको दिगो व्यवस्थापनको लागि प्रभावकारी रणनीति र समाधानहरू खोज्दै यसको समस्या र समाधानमाथि पनि चर्चा परिचर्चा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement