सिक्किम कलाकार भरोसा सम्मेलनका प्रधिनिधिहरूले गरे मुख्यमन्त्रीसँग भेट

IMG-20240205-WA0203.jpg

गान्तोक: सिक्किम कलाकार भरोसा सम्मेलनका आयोजक पक्षले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले कार्यक्रमको पोस्टर र मस्कट ‘दुक’ अनावरण गरे।

यस महिनाको अन्त्यमा आयोजना हुने कार्यक्रम, भ्वाइस र एसडीएसएले ”रिकग्नाइजिङ सिक्किमको आर्टिस्टिक क्यालिडोस्कोप” थिममा आयोजना गर्ने भएको छ।

आयोजक टोलीलाई शुभकामना दिँदै मुख्यमन्त्रीले दुक-को उपस्थितिले वर्तमान समयमा देखा परेको विभिन्न प्रकारको अवरोध पार गर्न सक्ने सम्भावना व्यक्त गरेका छन्। त्यसैगरी कार्यक्रममा कलाकार र सहभागीहरूलाई रमाइलो चाडपर्वमा शान्ति र खुशी प्रदान गर्ने रक्षकको सुरक्षित आश्रयस्थलको अनुभूति गराउनु पर्ने मुख्यमन्त्रीले बताए। लामो समयदेखि ओझेलमा परेका राज्यका कलाकारहरुलाई सम्मान गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। दुई दिने कार्यक्रमले मुख्यमन्त्रीलाई राज्यका कलाकारहरूको समस्याबारे अवगत गराउने र उनको मार्गदर्शन र सहयोग अपेक्षा रहेको पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement