२९ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत शुक्रवार खेलिएको म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लब विजयी भयो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले लायन एफसी-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रेमन, शुभम लामा र स्माइल लामाले गोल गरे। अब शनिवार खेलिने म्याचमा खोलाचन्द फाप्री र ब्राइट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।