१४.३१ करोड़ रुपियाँमा असमको उदालगुड़ी स्टेशनको हुनेछ रूपान्तरण

872d1a2a-7f2a-4977-858a-29d05ffe6187

गुवाहाटीः पूर्वोत्तर औ असममा रेल सुविधाहरूलाई अझ बढ़ाउने क्रममा, रेलवेमा बुनियादी संचरना परियोजनाहरूको लागि अऩ्तरिम बजेट-२०२४-२५ मा १०,३६९ करोड़ रुपियाँ आवन्टन गरिएको छ। अमृत भारत स्टेशन योजना (एबीएसएस) अन्तर्गत पूर्वोत्तरमा ६० वटा स्टेशनहरूलाई विश्वस्तरीय सुविधाहरूको साथमा रूपान्तरण गरिँदैछ। चयनित रेलवे स्टेशनहरूमा असमका उदालगुड़ी रेलवे स्टेशनले १४.३१ करोड़ रुपियाँको लागतमा अमृत भारत स्टेशन योजना अन्तर्गत नयाँ स्वरूप पाउनेछ। यस स्टेशनको नवीनीकरणबाट वरपरका क्षेत्रहरूका रेल उपयोगकर्ताहरूलाई नवीन अत्याधुनिक सुविधाहरू प्रदान गरिनेछ।

उदालगुड़ी रेलवे स्टेशन, पूर्वोत्तर सीमा रेल (पूसीरे)-को रंगिया मण्डल अधिनस्थ रंगिया-मुरकंगसेलेक सेक्शनको एक महत्वपूर्ण स्टेशन हो। पूसीरेका मुख्य जनसम्पर्क अधिकारी सब्यसाची डेले आज बताए, उन्नत अग्रभागसितै यस वर्तमान स्टेशन भवनलाई विस्तार गरिनेछ जसमा यात्रीहरूको सुविधाको लागि नवीनतम सुख-सुविधाहरू लगायत रिटायरिंग रूम एवं प्रतीक्षालयको व्यवस्था रहनेछ। दिव्यांगजन अनुकूल ऱ्याम्प एवं शौचालयको सुविधासितै अन्य आधुनिक सुविधाहरू जस्तै दुईवटा लिफ्ट र ५ मीटर चौड़ाको फुट ओभर ब्रिज निर्माण गरिनेछ। नयाँ शौचालय ब्लक पुरूष र महिला यात्रीहरूको लागि अलग-अलग बनाइनेछ। सर्कुलेटिंग क्षेत्रको सुन्दरता सहित उन्नत पार्किंग सुविधाको पनि योजना छ। सबै प्लेटफर्महरूमा यात्रीहरूको सहज आवागमनको लागि मार्बल स्टोन, टाइल आदिले सतहको निर्माण गरिनेछ अनि शेल्टरको सुविधा पनि रहनेछ। प्रवेश निकास पथ विकसित गरिनेछ जसले यात्रीहरूको लागि सर्वोत्कृष्टसुविधा उपलब्ध गराउनेछ।

उपरोक्त सबै कार्यहरूको लागि टेण्डरको आवन्टन भइसकेकोछ। नयाँ स्टेशन भवनको लागि आधारभूतको काम पनि आरम्भ भइसकेको छ। अन्य यात्री सुविधाहरू जस्तै कोच गाइडेन्स बोर्डको स्थापना, ट्रेन सूचना डिस्प्ले सिस्टम, प्लेटफर्महरूको विस्तार, दिव्यांगजनहरूको लागि सहज पुग्नसक्ने वाटर बूथको व्यवस्था आदिको कार्य पनि प्रगतिमा छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *