ममताले रद्द गरिन् दिल्ली दौड़ाह, एक देश एक चुनाउको बैठकमा सामेल नहुने

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले अन्तिम क्षणमा आफ्नो दिल्ली दौड़ाह रद्द गरिन्। उनको सोमवार अपरान्ह दिल्ली जाने कार्यक्रम थियो। तर राज्य क्याबिनेटको बैठकपछि मुख्यमन्त्रीले नवान्नमा प्रेस कन्फ्रेन्स आयोजना गरी जानकारी दिइन्, उनले आफ्नो दिल्ली भ्रमण रद्द गरेकी छन्। ममताले भनिन्, राज्यको बजेटको कारणले उनले आफ्नो दिल्ली भ्रमण रद्द गरेकी हुन्। उनले भनिन्, ”एक देश, एक चुनाउ”-माथि हुने बैठकमो उनको सट्टामा दुईजना सांसदहरू सुदीप ब्यनर्जी र कल्याण ब्यनर्जीले तृणमूलको पक्षबाट उपस्थिति दिनेछन्।

राज्यको बजेट आगामी बिहीवार विधानसभामा पेश गरिनेछ। मुख्यमन्त्रीले भनिन्, यसैले उनलाई अन्तिम क्षणमा दिल्ली भ्रमण रद्द गर्नुपऱ्यो। वास्तवमा मुख्यमन्त्री पछिल्लो केही दिनदेखिकै बजेटलाई लिएर व्यस्त छन्। राजनीतिक जानकारहरूले ममता ब्यनर्जीको यस कदमलाई महत्वपूर्म मानिरहेका छन्। सूत्रले बताएको छ, कंग्रेससित विवाद भए पनि सीट बाँड़फाँड़ अनि इण्डी गठबन्धनमा ममता ब्यनर्जीलाई कायम राख्ने विषयमा लगातार बातचित भइरहेको छ। जानकारी छ, तृणमूल कंग्रेस अनि कंग्रेसबीच सीटको मामिलामा चाँड़ै कुरा मिल्नसक्छ।

यसैले ममता ब्यनर्जी यस्तो कुनै मञ्चमा जान चाहँदिनन् जहाँ केन्द्रसित ऐक्यबद्धताको सन्देश जाओस्। एक देश एक चुनाव समितिका अध्यक्ष पूर्व राष्ट्रपति रामनाथ कोविंद हुन्। ममता ब्यनर्जीले पहिलानै स्पष्ट पारिसकेकी छन्, भारतमा लोकसभा अनि विधानसभा चुनाउ एकसाथ गराउनु सम्भव छैन।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *