ममताले गरिन् मन्त्रीमण्डलको बैठक, केही महत्वपूर्ण फसेला लिइयो

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार मन्त्रिमण्डलको बैठक गरिन्। राज्य विधानसभाको बजेट सत्र शुरू भएपछि ममताले मन्त्रीहरूसित बैठक गरिन्। यस अवधि उनले ठूलो फसेला लिएकी छन्। यसमा तय गरिएको छ, दक्षिण २४ परगनाको विभाजनपछि त्यस जिल्लाको नरेन्द्रपुर थानाको केही भाग कोलकाता पुलिसको नियन्त्रणमा आउनेछ। सोमवार राज्य क्याबिनेटको बैठकमा निर्णय लिइयो, नरेन्द्रपुर थानालाई तीनवटा थानामा विभाजन गरिनेछ। यसमा नरेन्द्रपुर थाना दक्षिण २४ परगना जिल्लामा हुनेछ अनि वर्तमान नरेन्द्रपुर थाना क्षेत्रको दुई क्षेत्र खियादह र अटघरालाई कोलकाता पुलिसको अधिनमा ल्याइनेछ।

यसपूर्व राज्य विधानसभामा मुख्यमन्त्रीले भनेकी थिइन्, उनी नरेन्द्रपुरको खियादह क्षेत्रलाई कोलकाता पुलिसको अधिनमा ल्याउन चाहन्छन्। सोमवार राज्य क्याबिनेटको बैठकमा यो निर्णय लिइयो, नरेन्द्रपुर पुलिस स्टेशन दक्षिण २४ परगना जिल्ला पुलिसको नियन्त्रणमा रहनेछ भने खियादह र अटघरामा दुईवटा नयाँ पुलिस स्टेशनहरूलाई कोलकाता पुलिसको अधिनमा ल्याइनेछ।

प्रशासनिक सूत्र अनुसार हालैमा भाँगड़ा कोलकाता पुलिसको नियन्त्रणमा आएपछि नरेन्द्रपुरको एक भागलाई पनि लालबजारको नियन्त्रणमा ल्याउन आवश्यक थियो। यस अतिरिक्त नरेन्द्रपुर हालैमा विभिन्न असामाजिक गतिविधिहरूको लागि चर्चित भएको थियो। सूत्र अनुसार शहरको बाह्य क्षेत्रमा अवस्थित यस क्षेत्रमा कानून व्यवस्थाको स्थितिलाई कठोर बनाउनको लागि यो फसेला लिइएको हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement