नेपाल: संसद अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्नमा केन्द्रित हुने

Nepal-photo

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को चालू अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्। आज (सोमबार ५ जनवरी) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको चालू अधिवेशनमा बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए। संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा भएको उनले बताए। उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ। आज राम्रो वातावरणमा शुरु भएको छ। अब अगाडि बढ्नेछ।’ संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *