राज्यपालको अभिभाषण बिनै शुरू भयो बंगाल विधानसभाको बजट सत्र

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः कुनै पनि राज्यको बजेट सत्र त्यस राज्यका राज्यपालको अभिभाषणबाट शुरू हुन्छ। तर सोमवार पश्चिम बंगाल विधानसभामा बजेट सत्रको शुरुआतमा राज्यपाल सीवी आनन्द बोसको अभिभाषण भएन। सत्रको आरम्भमा दिवंगत नेताहरूको स्मरणमा शोक प्रस्ताव पारित भएपछि सोमवार पहिलो दिनको सत्र स्थगित गरियो।

सूत्रले बतायो, यसपालि राज्य सरकारद्वारा राज्यपाललाई अभिभाषणको लागि कुनै जानकारी दिइएन जुन बंगालको इतिहासमा पहिलो पटक भएको छ। हावड़ा नगरपालिका विधेयक मंगलवार पेश गरियो। राज्यकी वित्तमन्त्री चन्द्रिमा भट्टचार्यले आगामी बुधवार राज्यको बजेट पेश गर्नेछन्। सोमवार अपरान्हसम्ममा पनि राजभवनद्वारा राज्यपालको अभिभाषण बिनै बजेट सत्र शुरू गर्ने सम्बन्धमा कुनै बयान आएको थिएऩ। तर राजनीतिक जगतमा केही मानिसहरूले यस सम्पूर्ण मामिलालाई राजभवनसित राज्य सरकारको भइरहेको विवादको एउटा नयाँ अध्यायको रूपमा हेरिरहेका छन्।

यसपालि बजेट सत्रमा राज्यपालको अभिभाषण हुनेछैन, यसको संकेत पछिल्लो शीतकालीन सत्रमै दिइएको थियो। किनभने स्पीकर विमान ब्यनर्जीले सत्र समाप्त नगरी सदन स्थगित गरिदिएका थिए। अर्थात बजेट सत्र कुनै ”नयाँ सत्र” होइन। यो शीतकालीन सत्रकै विस्तार वा रहल भाग हो। परिणामस्वरूप यो भयो, प्रारम्भमा राज्यपालको अभिभाषण भएन। यद्पयि यदि सरकारले चाहेको भए शीतकालीन सत्र आयोजना गर्नसक्थ्यो तथा पछि चर्चाको आधारमा सत्र समाप्त गर्न सकिन्थ्यो। उल्लेखनीय छ, आगामी लोकसभा चुनाउलाई लिएर सत्तारूढ़ पार्टी राज्यपालको माध्यमबाट केन्द्रको नरेन्द्र मोदी सरकारलाई लक्षित गर्न कुनै अवसर बाँकी राख्न चाहँदैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement