कोलकाताः तृणमूल प्रवक्ता अनि पार्टीका राज्य सचिव कुणाल घोषले सोमवार कोलकत्ता उच्च न्यायालयमा राज्यका महाधिवक्ता किशोर दत्तासँग बैठक गरेका छन्। दुवैबीच लामो समयसम्म बातचित भयो। पछि कुणालले भने, एलएलएसटी शारीरिक शिक्षा अनि व्यवसायिक शिक्षा नोकरी चाहनेहरूको पक्षबाट उनले अधिवक्तासित भेट गरेका हुन् र मामिलामा तीव्रता ल्याउने विषयमा चर्चा गरियो। कुणालले दाबी गरे, महाधिवक्ता किशोरले उनलाई अश्वासन दिएका थिए कि मामिलाको सुनवाईको दिन आगामी ७ फरवरीमा राज्यद्वारा ”अनुकूल भूमिका” निर्वाह गरिनेछ।
एसएलएसटी फिजिकल एजुकेशन औ भोकेशनल एजुकेशन जब एस्पिरेन्ट्स प्यानल २०१६ तयार छ, तर नयाँ मामिलाहरूको कारणलेयो अड़्किएको छ। राज्य सरकारले भर्तीलाई लिएर रिक्तताहरू पनि चिन्हित गरेको छ। उनले सबैभन्दा पहिला यस मामिलालाई मुख्यमन्त्री ममता ब्यनर्जीको संज्ञानमा ल्याएका थिए, तर कानूनी प्रक्रियाको कारणले नियुक्तिमा क्रियान्वयन हुन सकेन।
वास्तवमा बोर्डले एउटा हलफनामामा यो पनि भनेको छ, यो प्यानल वैध छ। यसअघि कुणालले नोकरी चाहनेहरूसित बैठक गरेपछि भने, सिफारिस प्राप्त भएपछि पनि नोकरी दिइको छैन। किनभने एकजना यस्ता व्यक्तिको नाम मुद्दामा दर्ता गरिएको छ जसको बारेमा पत्तो लाग्नै सकेको छैन।
-हिस










