नरेन्द्रपुर इञ्जीनियरिंग छात्रको मृत्युको मामिलामा नयाँ मोड़, माताले पिता, पिताले मातामाथि लगाए आरोप

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः दक्षिण २४ परगनाको नरेन्द्रपुरमा भएको एक इञ्जीनियरिङ्ग छात्रको हत्याको मामिला सुल्झिनको सट्टा अझ अल्झिदै गइरहेको छ। उसको पिताले माता अनि माताले पितामाथि हत्याको आरोप लगाएका छन्। आइतवार अपरान्ह नरेन्द्रपुर थाना अन्तर्गत गरियाको फरताबाद क्षेत्रमा आवस्थित एक जलाशयबाट अप्रतिम दास नामक छात्रको शव उद्धार गरिएको थियो। पुलिसले बतायो, अप्रतिम बरूईपुरको एक निजी इञ्जीनियरिंग कलेजमा द्वितीय वर्षका छात्र थिए।

पारिवारिक सूत्र अनुसार गत बिहीवार रातीदेखि नै अप्रतिम बेपत्ता भएका थिए। थानामा सिकायत पनि दर्ता गरियो। त्यसपछि आइतवार स्थानीय मानिसहरूले छात्रको शव जलाशयमा देखे। उनीहरूले पुलिसको निष्क्रियताको विरोधमा प्रदर्शन पनि गरे। अप्रतिमको परिवारको आरोप छ, उसको हत्या गरिएको हो।

पारिवारिक सूत्र अनुसार सुमन दास र अप्रतिमका पिता वर्णाली दासमाझ लामो समयदेखिकै झगड़ा भइरहेको थियो। परिवारका केही सदस्यहरूले आशंका व्यक्त गरेका छन्, छात्रको हत्या त्यै कारणले भएको हुनसक्छ। वर्णाली र अप्रतिमकी हजुरआमाले दाबी गरेका छन्, सुमनले उनको छोराको हत्या गरेको हो। छात्रकी आमाले पनि देबी गरिन्, सुमनको विवाहपछि पनि धेरैवटा सम्बन्ध थियो। सुमन र सुब्रत दासले दाबी गरे, आमाले नै आफ्नो छोरालाई मारेकी हो। दुवै पक्षले एका-अर्काविरूद्ध पुलिसमा सिकायत दर्ता गराएका छन्। पुलिसले जाँच गरिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement