उत्तेजक भाषणको आरोपमा धार्मिक नेता मौलाना सलमान अजहरी पक्राउ

00-1-Rashtriya-Samachar

नयाँ दिल्ली: इस्लामिक प्रचारक मुफ्ती सलमान अजहरीको पक्राउलाई लिएर महाराष्ट्रदेखि गुजरातसम्म हलचल मच्चिएको छ। भडकाऊ भाषणको मुद्दाको अनुसन्धान गरिरहेको गुजरात पुलिसले इस्लामिक प्रचारक मुफ्ती सलमान अजहारीलाई मुम्बईबाट हिरासतमा लिएर साँझ लगेको समाचार छ। पुलिस अधिकारीका अनुसार मुफ्तीका सयौं समर्थकहरू घाटकोपर पुलिस चौकी बाहिर जम्मा भएका थिए, र उनको तत्काल रिहाइको माग गर्दै पुलिसले उनीहरूलाई हटाउन हल्का लाठी चार्ज गरेको थियो। पुलिस अधिकारीले भने, ‘गुजरात पुलिस टोली मुफ्तीसँगै गएको छl’ एक पुलिस अधिकारीले भने, ‘गुजरातको जुनागढको पुलिसले यस सम्बन्धमा शनिबार दुई जनालाई पक्राउ गरेको छ, जसमा प्रचारकले दिएको भडकाऊ भाषण सोशल मिडियामा देखा परेको थियोl’ गत ३१ जनवरीको राति जुनागढको ‘ख’ डिभिजन पुलिस चौकी नजिकैको खुला मैदानमा आयोजित कार्यक्रममा उनले उक्त बयान दिएको बताए। भडकाऊ भाषणको भिडियो सोशल मिडियामा भाइरल भएपछि, अजहरी र स्थानीय आयोजक मोहम्मद युसुफ मलिक र अजीम हबीब ओडेदाराविरुद्ध भारतीय दण्ड संहिताको धारा १५३बी र ५०५ (२)अन्तर्गत प्राथमिकी दर्ता गरिएको छ।

संचारमध्यमको समाचारअनुसार, मौलाना मुफ्ती सलमान अजहरीले आफूलाई इस्लामिक रिसर्च स्कोलरको रूपमा प्रस्तुत गर्छन्। सलमान अजहारी जामिया रियाजुल जन्नाह, अल-अमान एजुकेशन एण्ड वेलफेयर ट्रस्ट र दारुल अमानका संस्थापक हुन्। उनले कायरोको अल अजहर विश्वविद्यालयमा अध्ययन गरेको बताइएको छ। मौलाना मुफ्ती धेरै सामाजिक र धार्मिक गतिविधिमा सक्रिय छन्। उनी धेरै विषयमा आफ्नो धारणा राखेको देखिन्छ। विशेष गरी युवा मुस्लिम समुदायले उनलाई धेरै मन पराउँछन्। उनी इस्लामिक विद्यार्थीहरूलाई धेरै भेट्न जान्छन्। यस अवधिमा उनी आफ्ना भाषणका कारण धेरै पटक चर्चामा आएका छन्। तर, यसपटक उनको गुजरातमा दिएको भाषण निकै उत्तेजक हुँदा विवाद मच्चिएको समाचार छ।

मौलाना मुफ्ती सलमान अजहरीको पक्राउमा उनका वकिल आरिफ सिद्दिकीले भने, ‘पुलिसले ट्रान्जिट रिमाण्डको लागि आवेदन दिएको थियो, हामीले त्यसको विरोध गर्यौं र उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको पनि भन्यौं। हामीलाई सूचना दिइएन। उनलाई दुई दिनको ट्रान्जिट रिमाण्डमा पठाइएको छ। उनलाई जुनागढ (गुजरात) अदालतमा लगिएको बताइएको छl’ यसैबीच, पक्राउपछि मौलाना मुफ्ती सलमान अजहरीले आफ्ना समर्थकहरूलाई विरोध नगर्न आग्रह गरेका छन्l उनले भने, ‘म अपराधी होइन, मलाई यहाँ कुनै अपराधको लागि ल्याइएको छैन, पुलिसले अनुसन्धान गरिरहेको छ, हामी उनीहरूलाई समर्थन गरिरहेका छौं, हजुरहरुले पनि सहयोग गर्नुहोस्l’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *