कोलकाताः सप्ताहको पहिलो दिन सोमवार सीएनजी वाहन चालकहरूले रूबी मोड़मा पथावरोध गरे। यसले गर्दा अफिस जाने मानिसहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपऱ्यो। एक सीएनजी कार चालकले बताए, कोलकातामा मोठ सातवटा सीएनजी स्टेशनहरू छन्। तर धेरैजसो लगभग कुनै पनि केन्द्रमा सीएनजी उपलब्ध हुँदैन। परिणामस्वरूप उनीहरूलाई ईन्धन जुटाउनको लागि धेरैवटा समस्याहरूको सामना गर्नुपर्छ। यस विषयमा पम्पहरूलाई धेरैपटक भनिसकिएको छ तथापि समस्या समाधान भएको छैन। त्यसैले आज सीएनजी चालकहरूले सड़क अवरोध गरेका हुन्। आरोप छ, रूबी चौरस्तामा वाहनहरूलाई तेर्साएर जाम लगायो।
अहिलेघरि माध्यमिक परीक्षा भइरहेको छ। यो मामिला संज्ञानमा आउनसाथ रूबी चौरस्तामा ड्यूटीमा तैनाथ ट्राफिक पुलिसकर्मीहरू घटनास्थलमा पुगे। उनीहरूले पथावरोध गरिरहेका चालकहरूलाई अवरोध हटाउने आग्रह गरे, तर उनीहरू मानेनन्। केही समयपछि सीएनजी वाहनका चालकहरूले सड़कबाट अवरोध हटाएर सड़क खुल्ला बनाइदिए।
-हिस










