कोलकाताः नरेन्द्रपुरको एक स्कूलमा भएको कुटपिटको घटना घटेको एक हप्ता बितिसक्दा पनि घटनाको मुख्य आरोपी सैयद इम्तियाज अहमद अहिलेसम्म बेपत्ता छ। यतिका दिनसम्म उसलाई पक्राउ किन गरिएको छैन? सोमवार मामिलाको सुनवाई अवधि कोलकत्ता हाई कोर्टलो उक्त प्रश्न गरेको छ। सोमवार कोर्टले भन्यो, प्रिन्सिपललाई पक्राउ किन गरिएको छैन? आक्रमणकारी पनि भागेको छ। पुलिसले कति दिनभित्रमा सबै आरोपीहरूलाई पक्राउ गर्नसक्छ?
नरेन्द्रपुरको बलरामपुर मन्मथनाथ विद्यामन्दिरका शिक्षकहरूद्वारा सैयद इम्तियाज अहमद सहित अन्य केही मानिसहरूविरूद्ध प्राथमिकी दर्ता गराइएको थियो। कलकत्ता हाई कोर्टले बितेको सोमवारसम्ममा हेड टीचर समेत आरोपीहरूलाई पक्राउ गर्नुपर्ने आदेश दिएको थियो। कोर्टले पुलिस अधीक्षकसित भनेको थियो, माध्यमिक परीक्षा शुरू हुनअघि नै हेडमास्टरलाई पक्राउ गरियोस्।
कोर्टले दिएको समय-सीमाको सात दिन बितिसकेको छ। पुलिसले कोर्टलाई बतायो, यिनीहरूमध्यो आठजनालाई पक्राउ गरिएको छ। यद्यपि सैयद इम्तियाज अहमदलाई पक्राउ गर्न सकिएको छैन। कोर्टले भन्यो, यथाशीघ्र आरोपीलाई पक्राउ गरियोस्। आगामी साता मामिलाको सुनवाई हुनेछ।
-हिस