आफ्ना वाचाहरू पूरा गर्नेप्रति सरकार प्रतिबद्ध छ: राज्यपाल

gulab-chand-kataria151626437816197221081628489407-_1628778331.jpg

गुवाहाटी:असमका राज्यपाल गुलाबचन्द कटारियाले भनेका छन्, उनकोसरकार असमका मानिसहरूसित गरिएका सबै वाचाहरूलाई पूरा गर्नेप्रति प्रतिबद्ध छ। उनले भने, पहिला बताइएका नीति एवं कार्यक्रमहरूको रूपरेखाबाट थाहा हुन्छ कि उनको सरकार आगामी दुई वर्षमा कुन दिशामा जाने प्रयास गरिरहेको छ।

राज्यपालले जनतासित अपील गरेका छन्, राज्यको सर्वाङ्गीण विकास तथा असमका सबै वर्गका मानिसहरूको लाभको लागि सरकारलाई जनताले समर्थन गरून् एवं सरकारसित मिलेर कार्य गरून्। राज्यपाल कटरियाले आज असम विधानसभाको बडेट अधिवेशन अवधि आफ्नो अभिभाषण पेश गरिरहेका थिए।

१०५ पृष्ठको यस अभिभाषणमा राज्यपालले सरकारद्वारा गरिएका विभिन्न कार्यहरूमाथि प्रकाश पारे। यसमा सरकारको एक्ट ईष्ट पलिसी, सांस्कृतिक क्षेत्रमा गरिएका कार्य, चिकित्सा शिक्षा एवं अनुसन्धान विभाग, चिकित्सा सम्बन्धि आधारभूत ढाँचाको विस्तार, स्वास्थ्य बीमा, नीतिगत पहल, असम हेल्थ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट समिति अन्तर्गतका परियोजनाहरू, विश्व ब्याङ्कद्वारा वित्तपोषित सेवा वितरण परिवर्तनको लागि असम राज्य माध्यमिक स्वास्थ्य सेवा पहल परियोजना, सर्वोत्तम प्रथा औ नवाचार, स्वास्थ्य उपकरण खरिद, आयुष क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र, राजस्व आपदा प्रबन्धन क्षेत्र मिशन वसुन्धरा दो, स्वामित्व अऩ्तर्गत गैर कन्डक्शन गाउँको सर्वेक्षण औ छिनोफानोको प्रस्ताव, हाइब्रिड प्रौद्योगिकीको उपयोग गरी राज्यको १८,७८९ गाउँहरूको पुनर्सर्वेक्षण, राष्ट्रिय जेनेरिक दस्तावेज पञ्जीकरण प्रणाली, पञ्चायत एवं ग्रामीण विकास विभाग, मुख्यमन्त्री आवास योजना ग्रामीण, राष्ट्रिय सामाजिक सहायता कार्यक्रम, कुशल कोँभर सार्वजनिक वृद्धा पेन्शन योजना, असम राज्य ग्रामीण आजीविका मिशन, उच्च शिक्षा क्षेत्र, नयाँ इञ्जीनियरिंग कलेज औ पोलिटेक्निक, लोक स्वास्थ्य अभियन्त्रण विभाग, स्वच्छता क्षेत्र, लोक निर्माण, भवन औ राष्ट्रिय राजमार्ग क्षेत्र, सांस्कृतिक क्षेत्र, खेल क्षेत्र, वन्य जीव संरक्षण, कौशल विकास, रोजगार एवं उद्यमिता क्षेत्र आदि समेत राज्य सरकारद्वारा विभिन्न क्षेत्रमा गरिएका कार्यहरूको लेखाजोखा राज्यपालले आफ्नो अभिभाषणमा प्रस्तुत गरे।

राज्यपालले बाल विवाहविरुद्ध सरकारद्वारा उठाइएको कदम, भ्रष्टाचारविरुद्ध गरिरहेको कारबाही, राज्य सरकारद्वारा ३१ जनवरीसम्ममा ८८,५४७ बेरोजगार युवकहरूलाई सरकारी नोकरी दिने, उल्फासित भएको ऐतिहासिक युद्ध विराम सम्झौता जस्ता केही महत्वपूर्ण मुद्दाहरूमाथि विस्तारपूर्वक प्रकाश पारे ।राज्यपालको अभिभाषण अवधि विपक्षी सदस्यहरूद्वारा प्ले कार्ड लिएर गरिएको खैलाबैलाबीच राज्यपालले अभिभाषणको अन्तिम पृष्ठ पढ़ेर अभिभाषणको मूलप्रति सदनको पटलमा राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement