टिस्टा भेल्ली: टिस्टा भेल्ली बजार गाउँ शान्ति समाजका जागरूक युवाहरूद्वारा आयोजित मिनी पोस्ट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा सुरूक एफसीले खहरे युनाइटेड एफसीलाई पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा शुरूदेखि नै अति आक्रमक खेल खेल्दै सुरूक एफसीले १३ गोल विपक्षी नेटमा छिऱ्यायो भने खहरे युनाइटेडले मात्र ३ गोल गर्न सफल बन्यो। उक्त म्याचमा एक्लैले ८ गोल गर्ने विजय टोलीका खेलाडी नर्जनलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर पारितोषिक प्रदान गरियो। फुटबल प्रतियोगिताको आयोजक समितिका सुदिप छेत्रीले दिएको जानकारी अनुसार युवाहरूलाई मादक पदार्थ तथा ड्रग्स जस्ता कुलतबाट टाढा राख्ने अनि स्कुलको विदाको समय हाल नानीहरूलाई मोबाइलको लतबाट टाढा राखेर खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त मिनी पोस्ट फुटबल प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगोगिताको फाइनल खेलमा विजयी टोलीलाई नगद ४० हजार लगायत आकर्षक ट्रफी अनि पराजित टोलीलाई नगद २० हजार सहित आकर्षक ट्रफी प्रदान गरिनेछ।











