चाइल्ड लाइनद्वारा सचेतना कार्यक्रम

कालचिनी: कालचिनी चियाबारीको झोड़ा लाईनमा आज अलिपुरद्वार चाइल्डलाइन र डामरी स्वेच्छासेवी संस्थाको संयुक्त आयोजनामा एक सामाजिक सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी उक्त गाउँका समाजसेवी शंकर कुजूरले दिएका छन। उक्त कार्यक्रममा आज अलिपुरद्वार चाइल्डलाइन र डामरीको प्रतिनिधिहरुले स्थानीय किशोरी औ गाउँलेहरुलाई जमा गरेर मानव तस्करी, बाल विवाह, घरेलु हिंसाबारे सचेत गराएको थियो भने यससितै गाउँले युवा युवतीहरुलाई खेलाधुलाप्रति अघि आउने र कुलतबाट टाढ़ा बस्ने आह्वान गरिएको थियो।
उक्त कार्यक्रममा आज स्थानीय समाजसेवी शंकर कुजूर, हैदर अली अन्सारी एवम् स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *