अविवाहित महिला द्वारा आत्महत्या

कालचिनी। एकजना अविवाहित महिला द्वारा आफ्नै घरको कोठामा गलामा पासो लगाई आत्महत्या गरेको घटना प्रकासमा आएको छ।
आज दिउँसो उत्तर लोथाबारी निवासी सालमी उराँव उमेर ३३ ले आफ्नै घरको कोठामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको परिवार सदस्यहरुले देखेपछि परिवारमा रुवाबासी साथै सम्पूर्ण गाउँमा खैलाबैला मच्चिएको थियो।
घटनाको जानकारी पाएर कालचिनी थानाको पुलिसबल घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याईएको थियो जहाँ चिकित्सकहरुले महिलाको मृत्यु भएको घोषणा गरेको थियो। शवलाई पुलिसले पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको छ भने प्राथमिक जाँचमा यो आत्महत्याको मामिला प्रतीत भएको र पोस्टमार्टम रिपोर्ट आएपछि तथ्य स्पष्ट हुने कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement