विना शर्त नेपालीहरूलाई नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

Screenshot_20240205_161024_Dailyhunt.jpg

काठमाडौं। ह्यूमन् राइट्स एन्ड पीस सोसाइटीले काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।
नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले सोमबार दिउँसो प्रदर्शन गरेका हुन्। उनीहरूले नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन्। प्रदर्शनमा उनीहरूले रसिया: स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वार:नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वार:गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गस लगायतका प्लेकार्डहरु देखाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *