१५ वर्ष भन्दा कम उमेर वर्गका नानीहरूको निम्ति खरसाङमा सेलेक्शन ट्रायल

IMG-20240205-WA0173.jpg

खरसाङ: दार्जिलिङ डिस्ट्रिक क्रिकेट एसोसिएशनको पहलमा १५ वर्ष भन्दा कम उमेर वर्गका नानीहरूको निम्ति सेलेक्शन ट्रायल अर्थात् चयन परीक्षण खरसाङमा सम्पन्न भएको छ। यस अवसरमा दार्जिलिङ डिस्ट्रिक क्रिकेट एसोसिएशनका अध्यक्ष- जितेन तामाङ अनि सचिव-फिरोज थापा उपस्थित रहेका थिए भने खरसाङ भानुटोल क्रिकेट क्लब अनि आकाशवाणी क्रिकेट क्लबका सदस्यहरूले यस कार्यमा सहयोग गरेका थिए। आजको सेलेक्शन ट्रायलमा खरसाङ, सिलगढ़ी अनि वरिपरि क्षेत्रका लगभग १५ जना नानीहरूले सहभागिता जनाएका थिए। खेलाड़ीहरूलाई प्लाटफर्म प्रदान गर्न अनि आगामी दिनमा सम्पन्न हुने क्रिकेट प्रतियोगितामा खरसाङ महकुमाको टीम चयनको निम्ति यो ट्रायल सम्पन्न गरिएको हो। यसका साथै खेलाड़ीहरूलाई प्लाटफर्म प्रदान गर्न अनि आगामी दिनमा क्रिकेट एसोसिएशन अफ् बंगालको पहलमा सम्पन्न हुने अन्डर फिफटिन क्रिकेट प्रतियोगिताको निम्ति खरसाङ महकुमाको टिम चयनको निम्ति यो ट्रायल सम्पन्न गरिएको हो भनी एसोसिएशनका सचिव-फिरोज थापाले बताएका छन्। यसका साथै यस सेलेक्शन ट्रायलबारे एसोसिएशनका अध्यक्ष- जितेन तामाङले थप जानकारी गराएका छन्।

About Author

Advertisement