आस्था स्पेशल रेल एनजेपीबाट अयोध्यातर्फ प्रस्थान

Screenshot_20240205_184302_YouTube.jpg

सिलगढी: उत्तर प्रदेशको लागि आजदेखि आस्था स्पेसल ट्रेन शुरू भएको छ। यो ट्रेन यात्रा असमबाट शुरू भएको छ भने अलिपुरद्वार, जलपाईगढी हुँदै एनजेपी स्टेसनमा आइपुगेको छ। आज दिउँसो उक्त ट्रेन एनजेपी स्टेसनमा आइपुगेपछि विश्व हिन्दु परिषदको तर्फबाट अयोध्या दर्शनको लागि गएका लगभग १५०० यात्रीलाई भेला गरेर आस्था स्पेसल ट्रेनमा सवार गरेर प्रस्थान गरायो। रेलवेको उक्त पहललाई लिएर भक्तहरू निक्कै खुसी छन्। यस विषयमा रेलवेका अधिकारीहरूले बताएअनुसार देशको विभिन्न प्रान्त लगायत सिलगढीमा पनि अयोध्या दर्शनको लागि गएका भक्तहरूको लागि विशेष व्यवस्था गरिएको थियो। यात्रा मात्र नभएर खानाको व्यवस्था, यात्रा अवधि सबै सुयोग सुविधाप्रति विशेष ध्यान राखेको थियो। उक्त ट्रेन आईआरसीटीसीको तर्फबाट व्यवस्थापन गरिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *