दोस्रो टेस्टमा १०६ रनले जीतको साथ सीरीजमा बराबरी हासिल गऱ्यो भारतले

IMG-20240205-WA0155.jpg

विशाखापट्टनम, ५ फरवरीः जसप्रीत बुमराह र रविचन्द्रन अश्विनको घातक बलिंगको सहायताले भारतले दोस्रो क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डलाई १०६ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले पाँचवटा टेस्ट म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। यसअघि हैदराबादमा खेलिएको सीरीजको पहिलो टेस्टमा ईंग्ल्याण्ड २८ रनले विजयी भएको थियो तर रोहित शर्माको कप्तानीमा रहने टीमले पनि असाधारण पुनरागन गर्दै दोस्रो टेस्टमा यादगार जीत हासिल गऱ्यो। सोमवार म्याचको चौथो दिन ३९९ रनको मुश्किल लक्ष्यलाई पछ्याउँदै ईंग्ल्याण्डको दोस्रो ईनिंग्स २९२ रनमा समाप्त भयो। आज ईंग्ल्याण्डका ब्याटरहरूले सक्दो प्रयास गरे पनि भारतलाई जीत हासिल गर्नदेखि रोक्न सकेनन्।

लयमा रहने पेस बलर बुमराह र अनुभवी अफ् स्पिनर अश्विनले मिलेर ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा लगातार विकेट हासिल गरे। बुमराह र अश्विनले ३-३ विकेट हासिल गरे। यसबाहेक मुकेश कुमार, कुलदीप यादव र अक्षर पटेलको खातामा १-१ विकेट रह्यो।

आइतवारको स्कोर १ विकेटमा ६७ रनदेखि अघि खेल्दै आज ईंग्ल्याण्डको तर्फबाट ओपनर ज्याक क्राउलेलाई छोड़ेर अरू कसैले पनि क्रीजमा समय बिताउन सकेनन्। क्राउलेले सर्वाधिक ७३ रन बनाए। उनले १३२ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। आज पटेलले नाइट वचम्यान रेहान अहमदलाई आउट गरी भारतलाई दिनको पहिलो सफलता दिलाए। रेहानले २७ बल खेलेर ६ वटा चौकाको साथ २८ रन बनाए। त्यसपछि क्राउलेले एक प्रान्तलाई बचाएर राखे पनि अर्को प्रान्तमा ओली पोप (२३) र जो रुट (१६) लगातार अन्तरालमा आउट भए। क्राउलेलाई कुलदीपले पभेलियन पठाए। त्यसपछि जनी बेयरस्टो र कप्तान बेन स्टोक्सबाट चमत्कारको आशा रहेको थियो तर यी दुई पनि क्रमशः २६ र ११ रन बनाएर आउट भए। अन्तमा बेन फोक्स र टम हार्टलीले ३६-३६ रन बनाएर टीमलाई बचाउने प्रयास गरे पनि बुमराहले यी दुवैलाई आउट गरी भारतको जीत सुनिश्चित गरे। दोस्रो टेस्टमा भारतले आफ्नो पहिलो इनिङ्ग्समा ३९६ रन बनाएको थियो जबकि ईंग्ल्याण्डको पहिलो ईनिंग्स २५३ रनमा समाप्त भएको थियो। त्यसपछि भारतले आफ्नो दोस्रो ईनिंग्समा २५५ रन बनाउँदा ईंग्ल्याण्डलाई जीतको निम्ति ३९९ रन बनाउने लक्ष्य प्राप्त भएको थियो। म्याचमा ९ विकेट लिने बुमराहलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *