जङ्क्सनको डेमो सेडमा आगलागी

Screenshot_20240205_141434_Chrome.jpg

सिलगढी: सिलगढीको जङ्क्सनस्थित डेमो सेडको एउटा गोदाममा आगलागी हुँदा रेलवेको लाखौँ रुपियाँको सामग्री जलेर खरानी भएको घटना गत राति भएको हो। आज बिहान रेलवेका कर्मचारीहरू काममा आएपछि गोदाममा आगो लागेको थाहा पाए। उक्त गोदाममा गत राति आरपीएफ कन्सटेबल तैनाथ रहेको रेलवेका कर्मचारीहरूले बताए। ताथापि, गोदाममा आगलागी भएकोबारे किन थाहा नपाएको भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ। आज बिहान रेलवेका अधिकारीहरू तथा आरपीएफका अधिकारीहरू पनि घटनास्थलमा पुगेका थिए। उक्त गोदाममा फिल्टर, केही भाँडाकुडा लगायत विविध सामग्री राखेको थियो। आगलागीमा ती सबै समानहरू जलेर खरानी भएको छ। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा जाँच गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *