चियाकमानबाट झुन्डिएको अवस्थामा युवकको मृतदेह उद्धार

65b50ee9a070a-dead-body-271048458-16x9-272208675-16x9.jpg

राजगञ्ज: घर नजिकको चियाकमानबाट झुन्डिएको अवस्थामा युवकको लाश उद्धार भएको घटना राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको पाघलाहाट इलाकामा घटेको हो। मृतक युवकको नाम खोकन राय (३४) बताइएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार गत साँझ घरदेखि लगभग सय मिटर टाढामा रहेको एउटा चियाबारीबाट झुन्डिएको अवस्थामा युवकको लाश उद्धार भएको हो। के कारणले गर्दा युवकले आत्महत्या गरेको हो भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर लाश उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *