खरसाङ, ५ फरवरीः पंखाबारी युथ स्पोर्टिंग क्लबको आयोजनमा ओपनर नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। पंखाबारी स्कूल खेल मैदानमा आयोजित यस टुर्नामेण्टको उद्घाटन म्याचमा रोहिनी जितेन सेवेनले सुकनाको टीमबाट ७-३-ले पराजित गऱ्यो। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










