समयले बताउनेछ: पार्थ च्याटर्जी

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व मन्त्री पार्थ च्याटर्जीलाई राज्य मन्त्रीमण्डलबाट हटाइएपछि तृणमूल कांग्रेसले उनलाई पार्टीका सबै पदहरूबाट बर्खास्त गरी पार्टीको प्राथमिक सदस्यताबाट पनि निलम्बित गरेको छ। पार्टीको यो फसेला सही हो वा गलत? यसबारे प्रश्न गर्दा शुक्रबार पार्थले संक्षिप्त उत्तर दिए, ‘समयले बताउनेछ’।

वस्तुतः चिकित्सकीय जाँचको निम्ति शुक्रबार पार्थ च्याटर्जीलाई सीजीओ कम्प्लेक्सस्थित ईडीको पूर्वी क्षेत्रीय मुख्यालयदेखि लिएर जोका ईएसआई अस्पताल लगियो। यहाँ मेडिकल जाँचको निम्ति प्रवेशको समय उनले भने, ‘म षड़यन्त्रको शिकार भएको छुl’ यसपछि जब बाहिर निस्के तब उनीसित पार्टीको फसेलाबारे सोधियो, तब उनले यो समयले बताउने भने। पार्थ व्हीलचेयरमा बसेर मेडिकल जाँच गर्नका लागि जोका ईएसआई अस्पताल पुगेका थिए। यहाँ उनको चिकित्सकीय जाँचपछि उनलाई पुनः सीजीओ कम्प्लेक्स लगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement