स्पेनिश ला लीगाः रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच म्याच ड्र

IMG-20240205-WA0132.jpg

म्याड्रिड, ५ फरवरीः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच खेलिएको हाई भोल्टेज डर्बी म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिड लगभग अन्तिम क्षणसम्म पनि १-०-ले अघि रहेको थियो। ब्राहिम डिआजले २०औं मिनटमा होम टीमलाई बढ़त दिलाए। त्यसपछि मार्कोस लोरेण्टेले अन्तिम क्षण (स्टपेज टाइमको तेस्रो मिनट)-मा गोल गरी एट्लेटिको म्याड्रिडलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि रियल म्याड्रिड २३ वटा म्याचमा ५८ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने गिरोनाभन्दा २ पोइण्ट्स अधिक रहेको छ। यसरी चौथो स्थानमा रहने एट्लेटिको म्याड्रिडसँग ४८ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा सेल्टा विगोले ओसासुनालाई ३-०-ले पराजित गऱ्यो जबकि गेटाफे र रियल बेटिसबीचको म्याच १-१-ले ड्र रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *