ईंग्लिश प्रीमियर लीगः लिभरपूल विरुद्ध आर्सनलको यादगार जीत

photocollage_202425122624611.jpg

लण्डन, ५ फरवरीः ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनलले यादगार जीत हासिल गऱ्यो जबकि चेल्सी चाहिँ फेरि हारको सम्मुखीन भयो। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ सजिलैसँग जीत हासिल गऱ्यो। दुई हेभिवेट टीमबीच आइतवार राति खेलिएको म्याचमा आर्सनलले लिभरपूललाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट बुकायो साकाले १४औं, गेब्रिएल मार्टिनेल्लीले ६७औं र लिएण्ड्रो ट्रोसार्डले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। आर्सनलकै गेब्रिएल मागालहासले मध्यान्तरको ठीक अघि आत्मघाती गोल गर्दा लिभरपूलले हारको अन्तर कम्ती गऱ्यो। लिभरपूलका डिफेण्डर इब्राहिम कोनाटेलाई ८८औं मिनटमा रेड कार्ड देखाइयो। लिभरपूल यस हारपछि पनि २३ वटा म्याचमा ५१ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी आर्सनल ४९ पोइण्ट्सको साथ म्यानचेष्टर सिटीलाई पछि छोड़ेर दोस्रो स्थानमा पुग्यो।
यसरी म्यानचेष्टर युनाइटेडले वेष्ट ह्याम विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट अलेहान्द्रो गारनाचोले ४९औं र ८४औं मिनटमा २ गोल गरे। यसरी रासमस होलुण्डले २३औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड २३ वटा म्याचमा ३८ पोइण्ट्सको साथ छैटौं स्थानमा पुग्यो जबकि वेष्ट ह्याम ३६ पोइण्ट्स लिएर सातौं स्थानमा रहेको छ। चेल्सीले चाहिँ वूल्भ्स विरुद्ध पनि २-४-ले हारको सामना गर्नु पऱ्यो। कोल पाल्मरले चेल्सीलाई १९औं मिनटमै बढ़त दिलाए पनि वूल्भ्सले पछिबाट लगातार ४ गोल गरी म्याच जित्यो। वूल्भ्सबाट माथेउस कुन्हाले ह्याट्रिक गरे। उनले २२औं, ६३औं र ८२औं मिनटमा गोल गरे। चेल्सीबाट म्याचको दोस्रो गोल अनुभवी थिएगो सिल्वाले ८६औं मिनटमा गरे। यस जीतपछि वूल्भ्स ३२ पोइण्ट्सको साथ दशौं स्थानमा पुग्यो। यसको विपरीत चेल्सी चाहिँ २३ वटा म्याचमा दशौं हारको साथ शीर्ष दशबाट बाहिर भयो। अहिले एघाह्रौं स्थानमा रहने चेल्सीसँग केवल ३१ पोइण्ट्स रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा एस्टन भिल्लाले शेफील्ड युनाइटेडलाई ५-०-ले पिट्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *