फिफा विश्व कपको फाइनल न्यूयोर्क-न्यूजर्सीमा

IMG-20240205-WA0125.jpg

नयाँ दिल्ली, ५ फरवरीः फिफाले २०२६ फूटबल विश्व कपको फाइनल म्याच न्यूयोर्कको न्यूजर्सीमा स्थित मेटलाइफ स्टेडियममा खेलिनेछ। टुर्नामेण्ट ११ जूनमा मेक्सिको सिटीको प्रतिष्ठित एज्टेका स्टेडियममा खेलिने म्याचको साथ शुरु हुनेछ अनि फाइनल १९ जुलाईमा खेलिनेछ। फाइनल म्याच आयोजन गर्ने होड़मा न्यूयोर्कलाई डलासबाट कड़ा चुनौती प्राप्त भयो। फिफा विश्व कप २०२६ जम्मा ४८ वटा टीमको साथ खेलिनेछ। संयुक्त राज्य अमेरिका (यूएसए), कनाडा र मेक्सिको यस टुर्नामेण्टको सह-आयोजक हुनेछ।
फिफा अध्यक्ष गियानी इन्फेण्टिनोले भने, अहिलेसम्मको सबैभन्दा समावेशी र प्रभावशाली फिफा विश्व कप अहिले सपना नभएर वास्तविकता बनेको छ, जसले कनाडा, मेक्सिको र अमेरिकाका १६ वटा अत्याधुनिक स्टेडियमहरूमा १०४ वटा म्याचको रूपमा आकार लिनेछ। प्रतिष्ठित एज्टेका स्टेडियममा उद्घाटन म्याचदेखि लिएर न्यूयोर्क, न्यूजर्सीमा असाधारण फाइनलसम्म, खेलाड़ी र प्रशंसकहरू यस गेम-चेञ्जिंग टुर्नामेण्टको निम्ति हाम्रो योजनाको केन्द्र रहेका छन्। यस टुर्नामेण्टले नयाँ कीर्तिमान मात्र स्थापित नगरेर मानिसहरूका मनमा अमिट छाप पनि छोड़्नेछ।
अटलाण्टा र डलासमा सेमिफाइनल म्याचहरू खेलिनेछ जबकि तेस्रो स्थानको निम्ति खेलिने म्याच मियामीमा हुनेछ। क्वार्टर फाइनल म्याचहरू लस एञ्जिल्स, केनसास सिटी, मियामी र बोस्टनमा हुनेछ। तीनवटा देशका जम्मा १६ वटा शहरमा म्याचहरू खेलिनेछ, जसमा अधिकांश म्याच नै अमेरिकामा हुनेछ। यसअघि १९९४-को विश्व कपमा पनि अमेरिकामा भएको थियो। त्यस समय फाइनल लस एञ्जिल्सको पास पासाडेनामा स्थित रोज बोउल स्टेडियममा भएको थियो।
न्यूयोर्कको पुरानो जायण्ट्स स्टेडियममा १९९४-को विश्व कपका म्याचहरू खेलिएको थियो तर मेटलाइफ स्टेडियम बनाउन पछिबाट पुरानो स्टेडियमलाई ध्वस्त गरिएको थियो। मेटलाइफ स्टेडियमको उद्घाटन २०१०-मा भएको थियो। न्यूजर्सीको ईष्ट रदरफोर्डमा न्यूयोर्कदेखि हडसन नदी पारी ८२,५०० सीट भएको मेटलाइफ स्टेडियम, एनएफएल-मा न्यूयोर्क जायण्ट्स र न्यूयोर्क जेट्सको होम ग्राउण्ड हो तर यहाँ २०१६ कोपा अमेरिका टुर्नामेण्टको फाइनल सहित धेरैवटा अन्तर्राष्ट्रिय फूटबल म्याचको आयोजन पनि भइसकेको छ। यसरी एज्टेका १९७० र १९८६ पछि तीन अलग-अलग विश्व कप टुर्नामेण्टको म्याच आयोजन गर्ने पहिलो स्टेडियम बन्नेछ। यस स्टेडियममा १९७० र १९८६-मा फाइनल म्याच आयोजन गरिएको थियो।
राउण्ड अव् सिक्स्टीन चरण ४ जुलाईको दिन फिलाडेल्फियामा स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुरु हुनेछ, जहाँ अमेरिकी स्वतन्त्रता घोषणा पत्रमा हस्ताक्षर गरिएको थियो। अमेरिकामा म्याचहरूको शुरुवात १२ जूनमा लस एञ्जिल्सको सोफी स्टेडियममा ग्रुप म्याचको साथ हुनेछ। कनाडामा पहिलो म्याच टोरण्टोमा खेलिनेछ। वेंकूवर कनाडाको दोस्रो आयोजन स्थल हो। आउँदो विश्व कपमा टीमहरूको संख्या ३२-बाट बढ़ाएर ४८ गरिएको छ। यसरी अब फिफा विश्व कपमा २४ वटा अतिरिक्त म्याच हुनेछ। अर्थात्, १६ वटा स्थलहरूमा जम्मा १०४ वटा म्याच खेलिनेछ।
टुर्नामेण्टमा चार-चारवटा टीमको १२ वटा ग्रुप रहनेछ। हरेक ग्रुपबाट शीर्ष दुईवटा टीम र तेस्रो स्थानमा रहने आठवटा सर्वश्रेष्ठ टीमले अघिल्लो राउण्डमा स्थान बनाउनेछ। त्यहाँदेखि नक्आउट चरण शुरु हुनेछ। फिफाले बताएअनुसार, म्याचको कार्यक्रमको घोषणा क्वालीफिकेशन प्रक्रिया समाप्त भएपछि गरिनेछ। टुर्नामेण्टको ड्र २०२५-को अन्तसम्म हुने सम्भावना छ।

टुर्नामेण्टका १६ वटा आयोजन स्थलः
अटलाण्टा, बोस्टन, डलास, ग्वाडलाजारा, ह्यूस्टन, केनसस सिटी, लस एञ्जिल्स, मेक्सिको सिटी, मियामी, मण्टेरी, न्यूयोर्क-न्यूजर्सी, फिलाडेल्फिया, सेन फ्रान्सिस्को खाड़ी क्षेत्र, सिएटल, टोरण्टो र वेंकूवर।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *