गान्तोक: सिटिजन एक्सन पार्टीले पश्चिम सिक्किमको मानेबुङ देन्ताम अन्तर्गत नागरिक जागरण कार्यक्रमको तेस्रो दिन बिहान आठ बजीदेखि पेलिङबाट शुरु गऱ्यो।यस अवसरमा सिटिजन एक्सन पार्टीका मुख्यमन्त्री उम्मेद्वार गणेश राईलाई देन्ताम र याङ्थाङ क्षेत्रको सिमानामा भब्य स्वागत जनाइएको थियो।वाङ्तेनमा पहिलो सुधार चर्चा मणिकुमार बस्नेतको घरमा भएको थियो।यसैगरी केदार छेत्रीको घर लिचिङ्मा दोस्रो चर्चा सम्पन्न भयो। तत्पश्चात टाकुरे गाउँ बुलुङ्मा प्रेमकुमार राईको घर दलानमा नागरिक भेट वार्ता सम्पन्न भयो। सोही प्रकारले एनबी राईको घर ईन्टेकमा नागरिक भेट वार्ता हुँदै टीटी लेप्चाको घर दाथोङ उत्तरे बन्दुके हुँदै समष्टि अध्यक्ष अर्पण लिम्बुको घर कुमुक सेपिमा नागरिक सभा आयोजना गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।उक्त भेट वार्तामा स्थानीय गाउँका सर्वसाधारण नागरिक तथा सिटिजन एक्सन पार्टी सिक्किमका वरिष्ठ नेताकार्यकर्ता,तथा पश्चिम जिल्ला कार्यकारी अध्यक्ष एवं अन्य सम्बन्धित क्षेत्रका सबै गण्यमान्य ब्यक्ति उपस्थित रहेको बताइएको छ। आजको भेट वार्तामा ३ सय जना भन्दा अधिक नागरिकहरू सिटिजन एक्सन पार्टीमा सामेल भएको पार्टीले दावी गरेको छ।उक्त कार्यक्रममा झण्डा र नारा नभएको औ सिक्किम र देशकै भावी गुरु योजना बोकेको सिटिजन एक्सन पार्टी सिक्किमको दर्शन देखेर स्थानीय नागरिकहरू अत्यन्तै उत्साहित देखिएको पार्टीको भनाइ रहेको छ।अब राज्यको भाग्य र भविष्य केवल सिटिजन एक्सन पार्टी ठान्दै स्थानीयहरी पार्टीमा सामेल भएका जानकारी गराइएको छ। यस्तै प्रकारले गान्तोक जिल्लाको २४ मार्ताम रुम्तेक समष्टिको समष्ठी स्तरीय बैठक आज रानीपुल स्थित कर्मा छिरिङ भोटिया(उपाध्यक्ष संयोजन)को निजी निवासमा फ्रन्टल काउन्सिलका कार्यवाहक अध्यक्ष नरेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भयो।उक्त सभामा श्रीमति लाक्पा डोमा भोटिया,समष्टि अध्यक्ष हेमलाल ढुङ्गेल,बिद्यार्थी काउन्सिलका प्रचार सचिव राजेन घिमिरे र मार्ताम रुम्तेकका अन्य समष्टि काउन्सिलका पदाधिकारीहरुको बाक्लो उपस्थितिमा पार्टीले समष्टिको गतिविधि र भावी कार्यक्रममा गहिरो चिन्तन गरेको जानकारी गराएको छ।आजको सभामा मार्ताम रुम्तेक समष्टिका आठ जना युवाहरू पार्टीमा सामेल भएको विज्ञप्तिमा थप उल्लेख गरिएको छ।








