गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चाको बाह्रौं स्थापना दिवसमा भाग लिन एसकेएम पार्टी अध्यक्ष तथा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ बिहान मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङबाट निस्कँदा एक हजार अधिक मोटरसाइकलयात्रीहरूले सम्मानसाथ रम्फूतिर प्रस्थान भए। सबै मोटरसाइकलहरू एसकेएमको झण्डाले सजिएको थियो। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री गाड़ीमा सवार भएको समय ठूलो आवाजमा लगाइएको नाराले स्वागत जनाइयो। पार्टीको बाह्रौं स्थापना दिवसको महत्वपूर्ण कार्यक्रममा भाग लिन कार्यक्रमस्थल रम्फूतिर प्रस्थान हुनलाग्दा मुख्यमन्त्री अति प्रसन्न मुद्रामा देखिन्थे। एसकेएम पार्टी जिन्दाबाद, पार्टी नेता पीएस गोले जिन्दाबाद र अमर रहुन् जस्ता नारा लगाइयो। अनि आफ्ना नेतालाई लिएर कार्यक्रम स्थलतिर प्रस्थान हुँदा मोटरसाइकलको लश्कर अनि नाराहरू बाक्लोसँग लागिरहेको थियो।










