दोस्रो वनडेमा ८३ रनले जीतको साथ अष्ट्रेलियाको अजेय बढ़त

IMG-20240204-WA0239.jpg

सिडनी, ४ फरवरीः मुश्किल परिस्थितिमा शीन एबटको ब्याट र बल दुवैको साथ असाधारण प्रदर्शनको सहायताले अष्ट्रेलियाले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई ८३ रनले पराजित गरी तीनवटा म्याचको सीरीजमा २-०- को अजेय बढ़त हासिल गर्यो। सिडनी क्रिकेट ग्राउण्ड (एससीजी) – मा टस हारेर पहिला ब्याटिंग गर्दै आयोजक अष्ट्रेलियाले निराशाजनक शुरुवातपछि ५० ओभरमा ९ विकेट गुमाएर २५८ रन बनायो। आयोजक टीमले एक समय त ९१ रनमै शीर्ष ५ विकेट गुमाइसकेको थियो तर तल्लो क्रमका खेलाड़ीहरूले जिम्मेवारी लिएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। यसमा शीन एबटले सर्वाधिक ६९ रन बनाए। उनले ६३ बल खेलेर चारवटा छक्का र एउटा चौका लगाए। यसबाहेक म्याथ्यू शर्टले ४१ र क्यामरन ग्रीनले ३३ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा स्पिनर गुडाकेश मोतीले सर्वाधिक ३ विकेट लिए। यसरी अल्जारी जोसेफ र रोमारियो शेफर्डले पनि २-२ सफलता हासिल गरे। लक्ष्यलाई खेदाउँदै लगातार अन्तरालमा विकेटको पतन हुँदा वेष्ट इण्डिज ४३.३ ओभरमा १७५ रन बनाएर अलआउट भयो। केसी कार्टीले सर्वाधिक ४० रन बनाए। उनले ५१ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक कप्तान शाई होपले २९ र रोस्टन चेसले २५ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा शीन एबट र जोश हेजलवुडले ३-३ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *