पाकिस्तानलाई पराजित गरी विश्व ग्रुप वन्-मा पुग्यो भारत

IMG-20240204-WA0236.jpg

इस्लामाबाद, ४ फरवरीः जोश र उत्साहले भरिएको भारतीय टेनिस टीमले आइतवार पाकिस्तान विरुद्ध एकतर्फी जीतको साथ डेविस कप २०२४ विश्व ग्रुप वन्-मा स्थान सुनिश्चित गऱ्यो । पाकिस्तान स्पोर्ट्स कम्प्लेक्समा भारतीय खेलाड़ीहरूले दोस्रो दिन २-०-को बढ़तको साथ शुरुवात गऱ्यो। युका भाम्बरी र साकेत माइनेनीको जोड़ीले पाकिस्तानका अकील खान र मुजम्मिल मुर्तजाको जोड़ीलाई दुई घण्टासम्म चलेको पुरुष युगल म्याचमा ६-२, ७-५-ले पराजित गयो। यो २०२४ डेविस कप विश्व ग्रुप वन् प्लेअफ् म्याचमा पाकिस्तान विरुद्ध भारतको लगातार आठौं जीत हो। यसको साथै भारतले सेप्टेम्बरमा हुने डेविस कप विश्व ग्रुप वन्-मा स्थान बनायो। यसअघि पहिलो दिन भारतका रामकुमार रामनाधनले पाकिस्तानका शीर्ष खेलाड़ी ऐसाम-उल-हक कुरैशीलाई ६-७, ७-६, ६-० ले पराजित गरेका थिए। यसरी श्रीराम बालाजीले अकील खानलाई सीधा सेटमा ७-५, ६-३-ले पराजित गरेका थिए। त्यसपछि आज भारतले पुरुष युगल म्याच पनि जितेर ३-०-को अजेय बढ़त हासिल गरी डेविस कप विश्व ग्रुप वन्-मा प्रवेश गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *