गिलको शतकले इङ्ल्याण्ड समक्ष ३९९ रनको कठिन लक्ष्य

IMG-20240204-WA0234.jpg

विशाखापट्टनम, ४ फरवरीः युवा ब्याटर शुभमन गिलले बनाएको शतकको सहायता भारतले ईंग्ल्याण्ड विरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा आफ्नो स्थितिलाई मजबूत बनायो। आइतवार म्याचको तेस्रो दिन भारतको दोस्रो ईनिंग्स २५५ रनमा समान हुँदा ईंग्ल्याण्डलाई जीतको निम्ति ३९९ रन बनाउने चटारो लक्ष्य प्राप्त भयो। आज भारतका अन्य ब्याटरहरूले आशानुरूप प्रदर्शन गर्न नसके पनि गिलले शतकको साथ लय हासिल गर्नको साथै ईंग्ल्याण्डको समस्यालाई बढ़ाए। गिलले १४७ बलमा ११ वटा चौका र २ वटा छक्काको साथ १०४ बनाए। ईंग्ल्याण्डले ३९९ रनको लक्ष्यलाई पछ्याउँदै आज तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा एक विकेट गुमाएर ६७ रन बनायो। यसरी ईंग्ल्याण्डलाई जीतको निम्ति अझ ३३२ रनको आवश्यकता छ। आज ईंग्ल्याण्डले आफ्नो दोस्रो ईनिंग्समा ओपनर बेन बकेटको विकेट गुमायो। उनी २८ रन चनाएर रविचन्द्रन अश्विनको शिकार बने। डकेटले साथी ओपनर ज्याक क्राउलेसँग मिलेर पहिलो विकेटको निम्ति १०.५ ओभरमा ५० रनको पार्टनरशीप गरे। दिनको खेल समान हुँदासम्म क्राउले २९ र रेहान अहमद ९ रन बनाएर खेलिरहेका थिए।
भारतले यसअघि शनिवारको स्कोर कुनै विकेट नगुमाइ २८ रनदेखि अघि खेल्दै आज रोहित शर्मा र यशस्वी जयसवाललाई शुरुमै गुमायो। यी दुईमा रोहितले १३ रन र जयसवालले १७ रन बनाए। यसरी ३० रनमा दुवै ओपनरलाई गुमाएपछि गिलले जम्मेवारीको साथ असल ब्याटिंग गरे। उनले पहिला श्रेयस अय्यर (२९)-सँग तेस्रो विकेटको निम्ति ८१ अनि अक्षर पटेलसँग पाँचौं विकेटको निम्ति ८९ रन जोड़े। अक्षर पटेलले ८४ बल खेलेर ६ चौकाको साथ ४५ रन बनाए। रविचन्द्रन अश्विनले २९ रन बनाएर केही बेरसम्म लड़ाइँ गरे पनि ईंग्ल्याण्डका स्पिनरहरूले भारतको तल्लो क्रमलाई समेटन अधिक समय लगाएन। ईंग्ल्याण्डका बलरहरूमा स्पिनर टम हार्टलेले सर्वाधिक ४ विकेट लिए। यसबाहेक रेहान अहमदले ३ र शोएब बशीरले १ विकेट हासिल गरे। अनुभवी पेस बलर जेम्स एण्डरसनले पनि २ लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *