पूर्वी हिमालय क्षेत्रमा विलुप्त हुँदै गएको सुन्तला खेतीको पुनरूत्थानबारे दुई दिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

IMG-20240204-WA0210

सिलगढी: पूर्वी हिमालय क्षेत्रमा हराउँदै गएको सुन्तला खेती उत्पादनलाई पुनर्जीवित पार्न अन्तर्राष्ट्रिय कार्यशाला जीटीए तथा खाद्य परिशोधन उद्योगहरू र बागवानी विभाग, पश्चिम बंगालको सकरात्मक प्रयासमा सिन्कोना निर्देशालय तथा क्लुनी वुमन कलेज कालेबुङको संयुक्त आयोजनामा क्लुनी वुमन कलेजको प्रेक्षागृहमा शनिबार (३ फरवरी) सम्पन्न भयोl पश्चिम बंगालको खाद्य परिशोधन उद्योग अनि बागवानी विभागक मन्त्री अरूप रोयको बाहुलीबाट उक्त कार्यक्रम विधिवत रूपमा सम्पन्न भयो। 

कार्यक्रमको उदघाटन सत्रमा क्लुनी कलेज कालेबुङका प्रिन्सिपल डा एआर पुष्प माइकलले स्वागत सम्भाषण राखे। कार्यक्रममा कालेबुङका श्रीमान तामाङ र उनका समूहले तामाङ लोक गीत प्रस्तुत गरेपछि  खाद्य परिशोधन उद्योगहरू तथा वागवाणी विभागका मन्त्री अरूप रोयद्वारा दार्जीलिङ मेन्डारिन सुन्तला सन्दर्भमा भइरहेको समस्या अनि त्यसको समाधान र पुनरूत्थानमाथि गरिरहेको सकरात्मक पहलमाथि प्रकाश पार्दै सरकारद्वारा हरसम्भव सुन्तला खेतीको निम्ति गरिनुपर्ने पहलबारे प्रकाश पारे। यसको निम्ति छिमेकी राज्य अनि देशहरूसित नितान्त रूपमा सेमिनार अनि कार्यशाला राख्नुपर्न विषय बारे आह्वान गरे। यदि दार्जीलिङ मेन्डारिन सुन्तलाको  खेतीलाई पुनरूत्थान गर्नु सकियो भने पहाडको निम्ति यो एउटा पुरानो सम्पदा खेती बन्न जानेछ भनेर कार्यशालालाई उनले सन्देश दिए।

खाद्य परिशोधन उद्योगहरू तथा बागवाणी विभागका अतिरिक्त मुख्य सचिव डा. सुब्रत सुब्रत गुप्तले पूर्वी हिमालय क्षेत्रमा हराउँदै गइरहेको सुन्तला उत्पादन तथा खेतीलाई पहिले जस्तै फर्काई ल्याउने पहलबारे प्रकाश परे। उनले भने, ‘यदि यस खेतीलाई पुनरूत्थान गर्न सकियो भने यहाँका कृषकहरूका आर्थिक धरातललाई बलियो बनाउन सकिन्छl’ सचिव, खाद्य परिशोधन उद्योग अनि बागवानी विभागकी संयुक्त सचिव श्रीमती कस्तुरी सेनगुप्त, कार्यकारी निर्देशक सोनाम भोटिया, सिन्कोना अनि अन्य औषधीय पौधाहरूका निर्देशक डा. शामुएल राई आदिले कार्यक्रममा उपस्थिति दिएका थिए। कार्यशालाको पूर्वार्धको कार्यक्रम उपस्थित सबैलाई कार्यकारी सभासद रतन कुमार थापाले धन्यवाद दिए।  यस कार्यक्रममा क्लुनी कलेज कालेबुङकी अंग्रेजी विभागकी प्रमुख श्रीमती पायल पी. सिन्हाले खूबै प्रभावकारी ढङ्गमा कार्यक्रमलाई सञ्चालन गरिन्।

कार्यक्रममा विभिन्न देश, विभाग अनि संस्थानका वैज्ञानिक, विशेषज्ञ तथा प्राविधिक व्यक्तित्वहरूले पूर्वी हिमालय क्षेत्रमा हराउँदै गएका सुन्तला खेतीको पुनरूत्थान बारे राखिएको आजको अन्तर्राष्ट्रिय कार्यशालामा आ-आफ्नो ज्ञान अनि अनुभवहरू निम्न प्रकारले पावर पोइन्टबाट सचित्र बताएर पहिलो दिनको कार्यक्रमलाई प्रभावकारी ढङ्गमा प्रस्तुति दिए।  आईसीएआर-सीसीआरआई, नागपुरका प्रिन्सिपल साइन्टिस्ट डा. एके दासले मेन्डारिन सुन्तलामा लाग्ने रोग अनि कीराहरूको व्यवस्थापन बारे ‍सैद्धान्तिक अनि व्यवहारिक पक्षलाई स्पष्ट पारे। बागवाणी विभाग, सिक्किम सरकारका निर्देशक, डा. एलबी दाहालले सुन्तलाको खेतीमा आएको ह्रासमा संरक्षण र सम्बर्द्धनको निम्ति सिक्किम सरकारले गरेको निभाएको दायित्वबारे प्रकाश पारे। केन्द्रीय सिट्रस भण्डारण, भुटानका बागवाणी विभागका वरिष्ठ अधिकारी फुन्सो वाङ्दीले भुटान राजकीय सरकारले सुन्तला खेतीमा लाग्ने रोग र कीट-पतङ्ग व्यवस्थापन बारे गरिएका कार्यबारे प्रकाश पारे।

बागवाणी केन्द्र नेपालबाट केन्द्र प्रमुख नेपालबाट पदम अधिकारीले नेपालमा सुन्तलामा लाग्ने प्रमुख रोग अनि कीटपतङ्ग अनि यसको निवारण व्यवस्थापन बारे विस्तृत जानकारी दिए। एस० के० शर्मा, फल विभागका निर्देशकले, सिक्किम देशको पहिलो जैविक राज्यको रूपमा स्थापित बनेको अनि सुन्तला सम्बन्धमा यसको यात्रा बारे आफ्नो वक्तव्य पेश।  डा. कपुदीप कर्माकर, एसिस्टेन्ट प्रोफेसर, माटो सुक्ष्म जैविकी विशेषज्ञ, युबीकेबी, कोचबिहारले मेन्डारिन सुन्तला उत्पादनमा सुक्ष्म जैविकीको भूमिकालाई खूबै प्रभावकारी रूपमा प्रस्तुत गरे। श्री दीपक राई, योजना निर्देशक, बागवाणी विभाग, राजकीय सरकार भुटानद्वारा गुणस्तरीय बोट बिरूवा उत्पादन अनि सुन्तला बगान स्थापना विषयमा आफ्नो वक्तव्यलाई कार्यशाला समक्ष पेश गरे। सुदीप्ता लाई, व्यवस्थापक अनि विभूति दास, कृषिविद, जैन सिँचन प्रणाली प्रा० लिमिटेडले सुन्तला खेतीमा थोपा-थोपा सिँचन प्रणालीद्वारा सुन्तलालाई कसरी सिँचन गर्न सकिन्छ त्यस बारेमा जानकारी गराए। सीआरईसी,  युनिभर्सिटी अफ फ्लोरिडाका केन्द्रीय निर्देशक, डा. माइकल ई रोजर्सले विश्वभरिमा सुन्तला खेतीमा आएको ह्रास सम्बन्धमा भीडीयो मार्फत फ्लोरिडाबाट अन्तर्राष्ट्रिय कार्यशालामा प्रकाश पारे। विशेष गरेर फ्लोरिडा, ब्राजिल,  भारत अनि चीनमा सिट्रस उत्पादनमा आइरहेको पतनबारे प्रकाश पार्दै अनि यी सबै के करणले हुन गयो जसको कारणले देशहरूले के कति घाटा सहन परिरहेछ स्पष्ट पारे। डा. मौसा जानाफिनिया, एसोसियट प्रोफेसर, वनस्पती संरक्षण, इरान अनुसन्धान केन्द्रले  एकिकृत बगान व्यवस्थापनद्वारा सुन्तलाको उत्पादनको बढोत्तरी गर्ने विषयमा अन्लाईन भिडियो मार्फत आफ्नो विचार साझा गरे। डानियल मुखिया, सिटोङ, अशोक राई साङसीर बस्तीका कृषकहरूले सुन्तला खेती विषयमा उनीहरूले भोगिरहेका समस्याहरू बारे त्यसको समाधानको निम्ति सम्बन्धित निकायका अधिकारीहरूलाई उक्त कार्यशालामा अवगत गराए। नेपालबाट आएका कृषक विजय घिसिङले सुन्तला खेतीमाथि प्राविधिक अनुभवहरू प्रभावकारी ढङ्गमा प्रस्तुत गरे। 

यस कार्यशालामा खाद्य परिशोधन उद्योग अनि बागवानी विभागकी संयुक्त सचिव श्रीमती कस्तुरी सेनगुप्त, सिन्कोना विभागका कार्यकारी निर्देशक सोनाम भोटिया, जीटीएलगायत दार्जीलिङ अनि कालेबुङका सम्बन्धित विभागका वैज्ञानिक अधिकारीवर्गलगायत विभिन्न स्थानबाट कृषकवर्गको महत्त्वपूर्ण उपस्थिति रहेको थियो। कार्यशालाको दोस्रो दिन (४ फवारी) कार्यक्रममा निम्न विशेषज्ञ तथा वैज्ञानिकहरूले अन्लाइन भिडियोद्वारा उपस्थितवर्गमा सुन्तलामा लाग्ने रोग अनि कीराहरू अनि त्यसको निवारणको निम्ति निम्न तथ्याङ्कमाथि आफ्नो अध्ययनको अनुभव पेश गरे। कार्यशालाको शुरूमा डा. त्रिपाठी वशिष्ठ, फ्लोरिडा युनिभर्सिटी, अमेरीकाबाट मेण्डारिन सुन्तला खेतीमा पुर्याउन पर्ने पोषण बारे विस्तृत जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *