सिलगढीको मतिगढास्थित मलको बारमा एक्साइज डिपार्टमेन्टको रेड

Capture2-2.png

सिलगढी: एक्साइज डिपार्टमेन्टको टीमले सिलगढीको मतिगढास्थित मलको एउटा बारमा छापामार अभियान चलाएर गैर कानुनी रूपमा बिक्री गरिरहेको अधिक मात्रामा रम-रक्सी जफत गरेको छ। यसको साथै बारका म्यानेजर पुजन लोहार (३८) लाई पनि पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार गत राति एक्साइज डिपार्टमेन्टको टीमले गोप्य सूचनाको आधारमा मतिगढास्थित मलको एउटा बारमा छापामार अभियान चलाएर सिक्किम, भुटान तथा आर्मी क्यान्टिनको १०० लिटरभन्दा अधिक रम-रक्सी उद्धार गरेको छ। जफत गरेको रम-रक्सीको अनुमानित बजार मूल्य ३ लाख रुपियाँ तोकेको छ। एक्साइज डिपार्टमेन्ट सूत्रले दिएको जानकारी अनुसार गैर कानुनी रूपमा उक्त बारमा सिक्किम, भुटान र आर्मी क्यान्टिनबाट ल्याएको रम-रक्सी बिक्री गरेको मामिलामा बारका म्यानेजरलाई पक्राउ गरेको छ। एक्साइज डिपार्टमेन्टले बारका मालिकलाई पनि कानुनी दायरा अन्तर्गत ल्याउने तयारी गरिरहेको बताइएको छ।

About Author

Advertisement