जलपाइगढीः मालबजारमा केही दिनदेखिको बेपत्ता तृणमूल श्रमिक नेता सुनील लोहारको क्षत-विक्षत शव भेटिएपछि आइतवार सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ। मृतकका परिवारले हत्याको आरोप भाजपाका निर्वाचित पञ्चायत सूरज दर्जीमाथि लगाएका छन्। त्यसपछि स्थानीय मानिसहरूले निदाम चिया बगानमा अवस्थित सूरज दर्जीको घरमा तोड़फोड़ गरे। तनाउ फैलिएर मालबजार शहरसम्म आइपुग्यो। श्रमिकहरूले दोषीलाई पक्राउ गर्नुपर्ने मागमा मालबजार थाना सामु राष्ट्रिय राजमार्ग-31 लाई अवरोध गरेर विरोध प्रदर्शन शुरू गरे। सुनील लोहारकी पत्नी मीनू लोहारका आफन्तहरूले पनि दोषीलाई अविलम्ब पक्राउ गर्ने माग गरे।
सूत्र अनुसार मालबाजारको निदाम टी स्टेटका श्रमिक नेता सुनील लोहार गत शुक्रवार राती चिया बगानमा चौकीदारीको काम गर्न गएका थिए। तर शनिवार बिहान तिनी घर फर्किएनन्। त्यसपछि परिवार पक्षले मालबजार थानामा बेपत्ता भएको मामिला दर्ता गरायो। मालबजार थानाको पुलिसले दर्ता सिकायतकोआधारमा सुनील लोहारको खोजी शुरू गऱ्यो। गए शनिवार राती निदाम चिया बगान फ्याक्ट्री नजिक एक सुनसान ठाउँमा सुनीलको शव भेटियो। आइतवार बिहान घटना बारे खबर फैलिनसाथ क्षेत्रमा तनाउ सृजना भयो।










