किराना पसमा हात्तीको आक्रमण, पसल क्षतिग्रस्त

IMG-20230410-WA0169-11-300x172-1

जलपाइगढीः जिल्लाको मटेली ब्लकमा हात्तीहरूको उत्पात जारी छ। आइतवार फेरि भोजनको खोजीमा हिँड़ेका हात्तीहरूको झुण्ड आवासीय क्षेत्रमा प्रवेश गऱ्यो। यसै क्रममा हात्तीले एक किराना पसलमाथि आक्रमण गऱ्यो जसले गर्दा पसल पूर्णरूपले क्षतिग्रस्त भएको छ।

स्थानीय मानिसहरूले बताए अनुसार बिहान हात्तीहरूको बगाल जंगलदेखि मटेली ब्लक अधिनस्थ मंगलबारी बस्तीमा प्रवेश गऱ्यो। त्यसपछि हात्तीले फुरबा तामाङको किरानाको पसलमाथि आक्रमण गऱ्यो भने नानी कान्त रायको घरको टीनको बारलाई पनि भत्काइदियो। पछि स्थानीय मानिसहरूले धपाएपछि हात्तीको बगाल जंगलतिर फर्कियो।

स्थानीय निवासीहरूको आरोप छ, क्षेत्रमा स्ट्रीट लाइटहरू जड़ान गरिएको भए पनि खराब भएको कारणले विगत केही दिनदेखिको यसले काम गरेकै छैन। स्ट्रीट लाइटहरू बिग्रिएकै कारणले हात्ती क्षेत्रमा प्रवेश गरिरहेको छ। स्थानीयहरूले चाँड़ोभन्दा चाँड़ो स्ट्रीट लाइटको मरम्मत गरिदिनुपर्ने माग सम्बन्धित विभागसित गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *