जलपाईगढ़ी: राजगंज थाना पुलिसले अवैध रूपमा रासन काे ३२५ क्विन्टल चामल लगिरहेको एउटा ट्रकलाई अाज जफत गरेको छ। यस मामिलामा ट्रक चालक कूचबिहार निवासी मतियार रहमान (४२) लाई पक्राउ गरिएको छ।
राजगंज पुलिस अनुसार, उसको टीमलाई चामल लोड गरिएको ट्रक मयनागढ़ीदेखि जलपाईगढ़ीतिर गईरहेको सूचना प्राप्त भएको थियो। राजगंज थाना पुलिसले सिलगढ़ी-जलपाईगढ़ी राष्ट्रिय राजमार्ग अन्तर्गत फाटापुकुरमा नाका चेकिङ शुरू गऱ्यो। जस्तै ट्रक फाटापुकुर पुग्यो तब पुलिसले ट्रकलाई रोकेर चालकबाट चामलसित सम्बन्धित कागजपत्रको माग गऱ्यो। वैध दस्तावेज देखाउन नसक्दा ट्रकलाई जफत गरियो औं चालकलाई पक्राउ गरियो। ट्रकबाट पुलिसलाई पाँच हजार बोरा चामल उद्धार भयो। यसको ओजन ३२५ क्विन्टल छ। राजगंज थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।